arrow

विश्वकपमा अर्जेन्टिना र जोर्डन मैदानमा, अष्ट्रिया र अल्जेरियामध्ये एक टिम नकआउटमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १४ आइतबार
wcf-2026-arg-jor.jpg

काठमाडौँ । विश्वकप फुटबलमा समूह चरणका अन्तिम दुई खेल अहिले भइरहेका छन् । ४८ टिमले सहभागीता जनाएकामा नकआउट चरण अर्थात् अन्तिम ३२ मा ३१ टिम पुगिसकेका छन् भने अहिले जारी खेलबाट अष्ट्रिया र अल्जेरियामध्ये एक टिम पुग्नेछ । 

अहिले समूह जे का दुई खेल भइरहेका छन् । अर्जेन्टिनाले पहिलो पटक विश्वकप खेलिरहेको जोर्डनसँग खेलिरहेको छ । 

अर्जेन्टिना यसअघिका दुवै खेल जितेर नकआउटमा पुगिसकेको छ भने अंकविहीन जोर्डन बाहिरिइसकेको छ । 

अर्जेन्टिनाबाट स्टार खेलाडी लियोनल मेस्सी भने शुरूआती चरणमा मैदानमा उत्रेका छैनन् ।

अर्को खेलमा अष्ट्रिया र अल्जेरिया भिडिरहेका छन् । दुवै टिमको समान ३–३ अंक हुँदा जसले जित्छ उनी टिम अन्तिम ३२ मा पुग्नेछ । पराजित हुने टिम बाहिरिने छ । खेल बराबरीमा सकिए गोल अन्तरका आधारमा अष्ट्रिया अन्तिम ३२ मा पुग्नेछ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ