arrow

देशभर मनसुन सक्रिय: छ प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
meteorological-forcasting-d.jpg

काठमाडौं । नेपालका विभिन्न भागमा मनसुनी वायु सक्रिय भएसँगै हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। देशका अन्य भूभागमा भने अहिले पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव मात्र देखिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसोबाट मनसुनी गतिविधि अझै बढ्ने अनुमान गरिएको छ। यसका कारण कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई दुवै भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने सम्भावना छ।

लगातारको भारी वर्षाका कारण पहाडी क्षेत्रमा भूक्षय र पहिरो जाने तथा तराई र सहरी क्षेत्रहरूमा डुबानको उच्च जोखिम रहेको छ। यसैगरी देशका साना तथा ठूला नदीनाला र खोलाहरूमा पानीको सतह उल्लेख्य रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएकाले विभागले तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा बसोबास गर्ने सबैलाई उच्च सतर्कता अपनाउन विशेष आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ