देशभर मनसुनी वायुको प्रभाव: पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
238
Shares
काठमाडौँ । हाल देशभर मनसुनी वायुको पूर्ण प्रभाव छ। जसका कारण बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ भने कोशी र मधेस प्रदेशमा साधारणतया बादल लागेको छ। अहिले बागमती र गण्डकी प्रदेशको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ। कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा पनि वर्षा भइरहेको छ।
आज दिउँसो पनि देशभर अधिकांश बादल लाग्ने मौसम पूर्वानुमान छ। देशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपात हुने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा मधेस र कोशी प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने देखिन्छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।
आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थान तथा कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपात हुने अनुमान छ। कोशी र कर्णाली प्रदेशको पहाडी भूभाग, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागका केही स्थानमा वर्षा हुनेछ।
मधेस र कोशी प्रदेशको तराई भूभाग साथै लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ। रातिको समयमा गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।