arrow

रवि भन्छन्- रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन [भिडियो]

'प्रदेश संरचना खारेजी होइन, रेट्रोफिट गरौँ'

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १९ शुक्रबार
ravi-new.jpg

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्। शुक्रबार सिंहदरबारमा आयोजित पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले रास्वपाले प्रदेश खारेजीको प्रस्ताव कतै पनि नगरेको दाबी गरे।

सभापति लामिछानेले पार्टीको प्रथम महाधिवेशनमा आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कतै पनि प्रदेश संरचना खारेजीको विषय समावेश नगरिएको प्रष्ट पारे। बरु विद्यमान प्रदेश संरचनालाई थप प्रभावकारी र बलियो बनाउनका लागि 'रेट्रोफिट' गर्नुपर्ने विषयमा छलफलको प्रस्ताव मात्र गरिएको उनको भनाइ थियो। वर्तमान संघीय प्रणाली र यसको प्रभावकारिताबारे बहस गर्नुपर्ने आवश्यकता सबै राजनीतिक दलले महसुस गरेको चर्चा गर्दै उनले रास्वपाले यसलाई एउटा बहसको विषय मात्र बनाउन खोजेको दोहोर्‍याए।

नेपालको संविधानका सयौँ विषयमा बहसको आवश्यकता रहेको औँल्याउँदै लामिछानेले अन्य पुराना दलका नेताहरूले प्रदेश संरचना खारेज नै गर्नुपर्छ भनी आफूहरूभन्दा चर्को स्वरमा बोल्ने गरेको टिप्पणी गरे। उनले रास्वपा र वर्तमान सरकार लोकतान्त्रिक व्यवस्था एवं संघीयताको पक्षमा दृढ रहेको प्रष्ट पार्दै संघीय संरचनालाई कसरी थप नागरिकमैत्री, किफायती र प्रभावकारी बनाउन सकिन्छ भन्नेमा मात्रै जोड दिएको उल्लेख गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ