arrow

इरानले पनि भन्यो- अमेरिकालाई युद्धको समय निर्धारण गर्न दिँदैनौँ

अमेरिका विगत पाँच महिनादेखि दलदलमा फसेको टिप्पणी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १२ मंगलबार
iran-ismile-beghai.jpg

काठमाडौँ ।  इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले तेहरानले संयुक्त राज्य अमेरिकालाई युद्धको अन्त्य र समय निर्धारण गर्ने अनुमति नदिने स्पष्ट पारेका छन्। 

इरानको अर्धसरकारी समाचार एजेन्सी मेहरका अनुसार सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाघेईले अमेरिका विगत पाँच महिनादेखि दलदलमा फसेको टिप्पणी गर्दै आवश्यक परेको समयसम्म आफूहरूले आफ्नै प्रतिरक्षा गर्ने बताएका छन्।

ओमानसँगको वार्ताका सम्बन्धमा बोल्दै उनले हर्मुज जलसन्धिको व्यवस्थापनका विषयमा भइरहेको छलफलमा अमेरिकाको कुनै संलग्नता नरहेको र यो इरान तथा ओमानबीचको द्विपक्षीय मामिला मात्र भएको बताएका छन्। 

उक्त वार्ता सकारात्मक रहेको बताउँदै उनले हाल सो जलमार्ग बन्द रहेको जानकारी दिएका छन्। साथै, केही खाडी मुलुकहरू इरानविरुद्धको अमेरिकी युद्धमा संलग्न रहेको दाबी गरे पनि उनले यससम्बन्धी थप विवरण भने खुलाएका छैनन्।

यसैबीच, क्यास्पियन सागरमा युक्रेनले इरानी व्यावसायिक जहाजमाथि गरेको आक्रमणप्रति कडा आपत्ति जनाउँदै प्रवक्ता बाघेईले यसको अप्रत्याशित परिणाम हुने चेतावनी दिएका छन्। सप्ताहन्तमा भएको उक्त आक्रमणमा परी एक नाविकको मृत्यु भएको थियो। 

सामाजिक सञ्जाल एक्समा एक विज्ञप्ति जारी गर्दै उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले इजरायलको इसारामा युरोपलाई युद्धमा तान्नका लागि यो कदम चालेको आरोप लगाएका छन्। 

यस कार्यलाई संयुक्त राष्ट्रसंघको बडापत्रको घोर उल्लङ्घन र पूर्णतः अवैध तथा अनुचितको संज्ञा दिँदै इरानले यसको कडा जवाफ दिने उनले स्पष्ट पारेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ