उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रमोद श्रेष्ठ बेनी नगरपालिकामा पराजित
प्रकाशित २०७४ जेठ ३ बुधबार
466
Shares
म्याग्दी। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रमोद श्रेष्ठ म्याग्दीको एक मात्र नगरपालिका वेनी नगरपालिकाको मेयरमा पराजित भएका छन्। महासंघको जिल्ला नगर समुहबाट उपाध्यक्षमा निर्वाचित भएका श्रेष्ठ महासंघबाट राजीनामा नदिइ मेयरमा प्रत्यासी हुन गएका थिए।
राजनीतिक पदमा जानु अघी राजीनामा दिनुपर्ने भएपनि राजीनामा नदिएका उनलाई महासंघले ३ दिनभित्र जवाफ पेश गर्न स्पष्टिकरण सोधेको थियो। तर उनले चुनाव अघी न जवाफ फर्काए न त्यसमा कुनै प्रतिक्रिया नै जनाए। उनले सो कुरालाई वाहिर नल्याउन आग्रह गरेका थिए।
मेयरमा पराजित भएका उनलाई अब महासंघले कस्तो कार्वाही गर्छ हेर्न वाँकी छ। राजनीतिक पदमा प्रत्यासी हुन गएका उनले अब उपाध्यक्षमा फर्कन मिल्दैन।
प्रमोद पराजित हुँदा बेनी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठ बिजयी भएका छन् । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको तालमेलबाट प्रमुखमा उम्मेदवार बनेका हरिकुमार बेनी नगरपालिका प्रमुखमा बिजयी भएका हुन् ।
बेनी नगरपालिकामा एमाले– र राप्रपाको तालमेलबाट नगरपालिका प्रमुखमा एमालेका प्रमोद श्रेष्ठ उम्मेदवार बनेका थिए ।