कपिलवस्तु। यशोधरा गाँउपालिकाले अव नागरिकताको प्रमाणपत्र सिफारिस गर्दा जनताबाट केही पनि शुल्क नलिने निर्णय गरेको छ। यशोधरा गाउँपालिका कार्यपालिकाको प्रथम बैठकबाट यस्तो निर्णय गरिएको हो।
सवै वडाबाट निशुल्क रुपमा नागरिकताको प्रमाणपत्र सिफारिसमा पैसा नलिने निर्णय गरेको गाउँपालिका प्रमुख रिरिजेश कुमार पाण्डेले बताए। आम नागरिकको नागरिता लिने अधिकार भएकोले त्यसमा अव गाउँपालिकाले शुल्क नलिने र कुनै पनि झन्झट नदिइ जनतालाई सिफारिस दिने पाण्डेयले बताए।
त्यस्तै गाउँपालिकालाई खुल्ला दिसा मुत्तः क्षेत्र बनाउनको यसै आर्थिक वर्षबाट सवै वडाहरुमा चर्पीको अनुगमन गरी वाकीँ रहेका दुई वडाको कामलाई तिव्रता दिई २०७४ को अन्त सम्ममा काम गर्ने समेत पाण्डेयले बताए। स्थानीय शासन सम्वन्धी कामहरु सूचारु गर्ने निर्णय समेत वैठकले गरेको छ। त्यस्तै शत प्रतिशत विद्यार्थी भर्ना गराई पुर्ण भर्ना युक्त नगर बनाउनको लागी समेत पहल गर्ने र कार्यान्वयन गर्ने जस्ता कामहरु गाउँपालिकाले गर्ने जनाइएको छ।
साथै राजश्व समायोजन, तालतलौयाको ठेक्का व्यवस्थापन, हाटवजार ठेक्का व्यवस्थापन, जस्ता काम तत्काल गर्ने निर्णय समेत गरिएको छ। साथै गाउँपालिकामा आउने कर्मचारीहरुलाई काम गर्ने वातावरणको व्यवस्था गर्ने समेत निर्णय गरेको उपाध्यक्ष कन्यावती उपाध्यायले बताइनन्।