गाँउपालिकाले आयोजना गरेको शिविरमा १७८ थान नागरिकता वितरण
हाम्रा कुरा
प्रकाशित २०७४ साउन २५ बुधबार
592
Shares
पाँचथर । पाँचथरको तुम्बेवा गाउँपालिकामा सञ्चालन भएको शिविरमा १७८ जनाको नागरिकता वितरण गरिएको छ ।
तुम्बेवा गाउँपालिकाको आयोजनामा गत साउन २२, २३ र २४ गते सञ्चालित शिविरमा उनीहरुको नागरिकता वितरण गरिएको गाउँपालिका अध्यक्ष होम थापाले जानकारी दिए ।
वर्षाद्को समयमा इलाका प्रशासन कार्यालय रवि पुगेर नागरिकता बनाउन स्थानीयवासीलाई असहज भएको हुँदा गाउँमै टोली झिकाएर नागरिकता वितरण शिविर सञ्चालन गरिएको उनले बताए।
इलाका प्रशासन कार्यालय रविको टोलीले तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारमै गएर नागरिकता वितरण गरेको थियो । गाउँमै नागरिकता बनाउन पाएपछि आफू हर्षित भएको सुष्मा कार्कीले बताइन् ।
नागरिकता बनाउन रविसम्म पुग्नु पर्दथ्यो तर अहिले गाउँमै नागरिकता बनेपछि आफूहरु हर्षित भएको तुम्बेवा गाउँपालिका–३ का अशोक बस्नेतले बताए ।
सो शिविरमा जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता परिचयपत्र वितरण कार्यक्रममा पाँच सय बढीको परिचयपत्र बनाएको निर्वाचन कार्यालय प्रमुख धु्रव राईले बताए । रासस