आइएमईले ल्यायो प्रिभिलेजर कस्टमर कार्ड प्रयोगमा छुटको व्यवस्था
कार्ड एक फाइदा अनेक
प्रकाशित २०७५ वैशाख २१ शुक्रबार
703
Shares
काठमाडौं । आइएमई लिमिटेडले आइएमई प्रिभिलेजर कस्टमर कार्ड प्रयोगमा छुटको व्यवस्था गरेको छ । सो व्यवस्थासँगै सेवाग्राहीहरुले विभिन्न किनमेल केन्द्रहरू र रेस्टुरेन्टहरूमा ७ देखि २० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ ।
आइएमई प्रिभिलेजर कस्टमर कार्ड बाजेको सेकुवा, चन्द्रागिरि हिल्स लिमिटेड, काठमाडौं फन भ्याली, रिभर बे रिसोर्ट, सीएम ट्रेडिंग, केक कोसेली, डल्ले, ह्विपील्यान्ड, कफी लाउन्ज, एचएफसी, भ्यू सिनेमा, रेडमड क्याफे, युजी बजार, भेलोसिटी एरिना र सीमी शो जस्ता स्थानहरुमा छुट पाउन सकिने छ । सो नयाँ व्यवस्था वैशाख १९ गतेबाट लागु हुनेछ ।
कम्पनीका अनुसार उक्त सेवा लिनको लागि सेवाग्राहीहरुले बील जारि गर्नुपूर्व आफुले बोकेको आइएमई प्रिभिलेज-कस्टमर कार्ड देखाउनुपर्ने छ ।