आइएमई कार्ड वाहकलाई भरोसा अस्पतालमा १० प्रतिशत छुट
प्रकाशित २०७५ असोज ८ सोमबार
549
Shares
काठमाडौं। आइएमई लिमिटेड र भरोसा अस्पतालबीच सम्झौता भएको छ। सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीले अस्पतालको सेवामा १० प्रतिशतसम्म विशेष छुट पाउनेछन्। यो सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुने कम्पनीले जनाएको छ।
उक्त सुविधाका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ। सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट ब्यापार प्रवद्र्घन अधिकृत अभिनाष श्रेष्ठ र भरोसा अस्पतालको तर्फबाट प्रशासन अधिकृत सुर्य आचार्यले हस्ताक्षर गरेका छन्।
सम्झौता बभोजिम यहि असोज ०५ गतेदेखि दुई वर्षका लागि लागु हुनेछ। आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।