arrow

विश्वका सबैभन्दा भ्रष्ट नेताहरु

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर ३ सोमबार
Curruption.jpg

काठमाडौं । राजनीतिमा भ्रष्टाचारको विषयले धेरै चर्चा पाउने गरेको छ । नेपालमा पनि नेतालाई भ्रष्टाचारसँग जोडेर हेर्ने मानसिकताका रहेको छ ।  विश्वका सबैभन्दा भ्रष्टाचार गरेको पुष्टि भएका नेताहरु यस्ता छन् –

१. मोहम्मद सुहार्टो, पूर्वराष्ट्रपति, इन्डोनेसिया 

सबैभन्दा भ्रष्टाचार गरेको पुष्टि भएका नेता हुन्– मोहम्मद सुहार्टो । ३१ वर्ष इन्डोनेसियाको राष्ट्रपतिको पदमा उनीमाथि १५ अर्ब देखि ३५ अर्ब अमेरिकी डलरबराबरको भ्रष्टाचार गरेको पुष्टि भएको थियो । मुलुकको दोस्रो राष्ट्रपतिसमृत रहेका उनले पदमा रहँदा चरम आर्थिक अनियमितता गरेको पाइएको थियो । 

उनको कार्यकालमा मुलुकको आर्थिक क्षेत्रमा महत्वपूर्ण सुधार आएको दखिएको थियो तर उनले पदमा रहँदा देशभक्तिको भाव देखाउँदै १५ अर्ब देखि ३५ अर्बको सम्पत्ति आर्जन गरेको पाइएको थियो । उनले आफ्ना छोराहरु, परिवारका अन्य सदस्यहरु तथा नजिकका साथीहरुको कम्पनीलाई अत्यधिक आपूर्ति र कर छल्नका लागि सहयोग गरेको पाइएको थियो । 

सन् १९९८ मा एसियामा देखिएको आर्थिक संकटको क्रममा इन्डोनेसियाको अर्थतन्त्र कमजोर बन्न पुगेको थियो । दुई वर्षपछि सुहार्टोलाई ५५ करोड डलरको जरिवाना लगाइएको थियो र उनलाई घरमै नजरबन्दमा राखिएको थियो । सन् २००७ को जुलाई महिनामा उनीमाथि एक अर्ब ५० करोड डलरको मुद्दा दायर भएको थियो । त्यसको केही महिनामा उनको निधन भएपछि यो  मुद्दामा सुनुवाई भने हुन सकेन । 

सन् २०१० मा इन्डोनेसियाको सरकारले सुहार्टोको परिवारबाट अन्य मुद्दाहरुसमेत गरी ३० करोड ७४ लाख डलर असुल उपर गरेको थियो । साथै उनका छोरालाई १५ वर्षको सजाय सुनाइएको थियो जसमा पाँच वर्षपछि उनीश जेलमुक्त भएका थिए । 

२. फर्डिनान्डो मार्कोस, पूर्वराष्ट्रपति, फिलिपिन्स

फिलिपिन्सको १० औं राष्ट्रपति फर्डिनान्डो मार्कोसले मुलुकमा २१ वर्ष शासन गरेका थिए । उनले आफ्नो पदमा रहँदा ५ अर्ब देखि १० अर्बको आर्थिक अनियमितता गरेको पाइएको थियो । उनले कार्यकालमा फिलिपिन्सको अर्थतन्त्र निकै कमजोर बन्न पुगेको थियो । विश्व बैंकका अनुसार उनले मुलुकका विभिन्न छ सञ्जालको प्रयोग गरी नाजायज आर्थिक लाभ लिने गरेको पाइएको थियो । उनले निजी कम्पनीहरु हत्याउने, प्रमुख आर्थिक क्षेत्रमा मानोमानी गर्ने नीति ल्याउने, सरकारी ऋण आफ्नो नजिकको निजी कम्पनीहरुलाई प्रदान गर्नेलगायतका कामहरु गरी अकुत सम्पत्ति आर्जन गरको बताएको छ । 

१९८६ मापदबाट मुक्त भएपछि मार्कोस भागेर अमेरिका पुगेका थिए । उनको अमेरिकामै निधन भएको थियो । पछि विभिन्न सरकारहरुको सहयोगमा फिलिपिन्सले ४ अर्ब २० करोड डलर भने उनीबाट असुल गरेको थियो । 

३. मोबुटु सेसे सेको, पूर्वराष्ट्रपति, कंगो 

मोबुटु सेसे सेकोले ३२ वर्ष कंगोको शासन गरेका थिए । पटकपटक मुलुकमा ‘कू’ गरी उनले शासन आफ्नोे हातमा लिएका थिए । उनको कार्यकालमा कंगो थेग्नै नसक्ने माहंगाीको मारमा परेको थियो । साथै अर्थतन्त्र पनि निकै कमजोर अवस्थामा पुगेको थियो । उनले पदमा रहँदा ४ अर्बदेखि ५ अर्बसम्मको अवैध सम्पत्ति आर्जन गरेको  पाइएको थियो । उनी सबैभन्दा भ्रष्ट अफ्रिकन नेतामा गनिने गर्छन् । 

सन् २००९ मा स्विट्जरल्याण्डले मोबुटुको ६६ लाख ८० हजार डलरको सम्पत्ति कंगोलाई दिएको थियो । जतिबेला मोटुबुका छोरा मुलुकको उपप्रधानमन्त्री थिए । सहकार्यको अभावमा सो कोष मोटुबुको परिवारलाई प्रदान गरिएको थियो । 

४. सानी अबाचा, पूर्वराष्ट्रपति, नाइजेरिया

नाइजेरियाका पूर्वराष्ट्रपति स्यानी अबाचाले आफ्नो पदमा रहँदा ३ अर्ब देखि ५ अर्ब अमेरिकी डलरको अवैध सम्पत्ति आर्जन गरेका थिए । ५ वर्ष मुलुकको शासन गरेका उनको कार्यकालमा नाइजेरियामा मानव अधिका उलंघनका केही मुद्दाहरु उनीमाथि लागेको भए पनि उनले मुलुकको बाह्य ऋण भने केही घटाएका थिए । 

उनले आर्जन गरेको सम्पत्ति विदेश कम्पनीबाट प्रत्यक्षरुपमा लिएको विश्वबैंकले बताएको छ  साथै उनले केन्द्रीय बैंकबाट पनि प्रत्यक्षरुपमा लाभ लिएको विश्व बैंकले बताएको छ । अहिलेसम्म नाइजेरियाको सरकारले २ अर्ब ५० करोड डलरको सम्पत्ति उनीबाट उठाएको छ र अझैश पनि उनको केही मुलुकमा रहेको सम्पत्ति उठ्न बाँकी रहेको छ । 

५. जिने अल–एबाइडिन अलि, पूर्वराष्ट्रपति ट्युनिसिया 

जिने अल–एबाइडिन अलिले ट्युनिसियामा २३ वर्ष शासन गरेका थिए । उनले आफ्नो कार्यकालमा एक अर्ब देखि २ अर्ब ६० डलरसम्मको भ्रष्टाचार गरेको खुलेको थियो । मुलुकमा निकै लोकप्रिय रहेका उनले कुनै समयमा उनले ट्युनिसियाका सबै निजी क्षेत्रहरुको नाफाको २१ प्रतिशत लिने गरेको खुलेको थियो । अहिलेसम्म ट्युनिसियाले उनले गरेको भ्रष्टाचारमध्येको ६ करोड ८८ लाख डलर असुल गरेको छ । अझै पनि स्विट्जरल्याण्डमा २ करोड ८५ लाख र क्यानडामा २६ लाख डलर रकम फिर्ता हुने प्रक्रियामा रहेको छ । 

६. स्लोबोडान मिलोसेभिक, पूर्वराष्ट्रपति, सर्विया/युगोस्लोभाकिया

११ वर्ष युगोस्लोभियाको राष्ट्रपतिको रुपमा स्लोबोडान मिलोसेभिकले आफ्नो पदमा रहँदा १ अर्ब डलरको भ्रष्टाचार गरेको खुलेको थियो । भ्रष्टाचारको पुष्टि भएपछि पनि कुनै कारबाही भने भएको थिएन। 

भ्रष्टाचारसँग सबन्धित अरु समाचार :

के भ्रष्टाचार नियन्त्रण असम्भव नै हो ?

'अनुचित कार्य' रोक्न ०५६ देखिको कसरत किन असफल ?

डेनमार्कमा यसरी शून्य भयो भ्रष्टाचार, नेपालमा सम्भव छैन ?

ठुलो अर्थतन्त्रका ठुला भ्रष्टाचार

भ्रष्टाचार : धर्मसँगै नैतिकता बेचेपछिको नाङ्गो चरित्र

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ