arrow

यसरी सुरु भयो युरोकप फुटबल; पहिलो बिजेता सोभियत संघ

फ्रान्सले २ पटक युरोकपको उपाधि उचालेको छ

logo
हाम्राकुरा डेस्क,
प्रकाशित २०७५ मंसिर १५ शनिबार
EUro_60_Russia.jpg

काठमाडौं । विश्व फुटबलमा युरोपियन फुटबलको निकै महत्वपूर्ण योगदान छ । यो क्षेत्रमा धेरै रकम फुटबलका लागि लगानी पनि भएको छ । विश्वका प्रमुख लिगहरु यो महादेशमा खेलिन्छ । फुटबलको सबैभन्दा महत्वपूर्ण प्रतियोगिता विश्वकप पनि धेरैजसो युरोपका मुलुकहरुले जित्ने गरेका छन् । 

युरोपको फुटबलको संस्कार तथा अवस्थाको कारण धेरैजसो फुटल खेलाडीको चाहना युरोपमा गएर व्यावसायिक लिग खेल्ने हुने गरेको छ । त्यसैले विश्वकप पछि फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड युरोकपलाई मानिन्छ । नामैले युरोकप भएकोले स्वाभाविकरुपमा यो प्रतियोगितामा युरोपका मुलुकहरुको मात्र प्रतिस्पर्धा हुने गरेको छ । यो प्रतियोगिता युरोपियन मुलुकहरुले मात्र खेल्ने भए पनि यसलाई विश्वभरका फुटबल प्रेमीहरुले निकै चासोका साथमा हेर्ने गरेका छन् । 

विश्व फुटबलमा प्रभाव राख्ने धेर खेलाडीहरु युरोपमा हुने भएकोले युरोकपलाई निकै चासोका साथ हेरिने गरिएको छ । अझ केहीले त युरोकपको विजेतालाई आगामी संस्करणको विश्वकपको विजेताको रुपमा चित्रण गर्ने गर्छन् । यो अर्थमा पनि युरोकपलाई विश्वकप पछिको दोस्रो विश्वकप मान्न सकिन्छ ।  

युरोकपको योजना सन् १९२७ मा  फ्रान्स फुटबल महासंघका महाहसचिव हेन्री डेलाउनेले अघि सारेका थिए ।  यद्यपि युरोकपको पहिलो प्रतियोगिताको लागि भने १९६० सम्म कुर्नुपर्‍यो  जतिबेला डेलाउनेको निधन भइसकेको थियो । उनको प्रयासको सम्मान गर्दै पछि यो प्रतियोगिताको उपाधि पनि उनकै नामबाट दिइएको थियो । 

पहिलो युरोकप सन् १९६० मा फ्रान्समा आयोजना गरिएको थियो । जसमा १७  टोलीहरुले सहभागिता जनाएका थिए । अन्तिम चरणमा पुग्ने मुलुकहरुको संख्या भने केवल ४ थियो । जसमा तात्कालीन सोभियत संघले उपाधि जितेको थियो ।

सन् १९८० मा इटालीमा आयोजना गरिएका युरोकपमा सहभागी हुने टोलीको संख्या बढाएर ८ मा पुर्‍याइएको थियो । यसपछि हुने प्रतियोगितामा तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नुपर्ने व्यवस्था पनि हटाइएको थियो । वर्णनुक्रमअनुसार सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई तेस्रो र चौथोको सूचीमा राख्ने गरिएको छ । 

सन् १९९६ मा इंगल्याण्डमा भएको युरोकपमा सहभागी टोलंसख्या बढाएर १६ पुर्‍याइएको थियो । त्यसपछि २०१६ को पछिल्लो युरोकपमा  पहिलोपटक सहभागी मुलुकहरुको संख्या २४ पुर्‍याइएको थियो । अहिलेसम्म युरोकपको १५ औं संस्करण सकिइसकेका छन् । जसमा सबैभन्दा सफल मुलुकहरुमा जर्मनी र स्पेन रहेका छन् । उनीहरुले समान ३-३ पटक युरोकपका उपाधि जितेका छन् । पछिल्लो संस्करणको विजेता पोर्चुगल हो । 

फ्रान्सले २ पटक युरोकपको उपाधि उचालेको छ । इटाली, पोर्चुगल, नेदरल्याण्ड्स, डेनमार्क र ग्रिसले समान १ पटक युरोकप जितेका छन् । पहिलो युरोकप जित्ने सोभियत संघ र १९७६ मा युरोकप जितेको चेकोस्लोभाकिया अहिले निकै टुक्रामा छुट्टिएका छन् । 

यो प्रतियोतिगताको फाइनलमा सबैभन्दा बढी पुग्ने टोलीमा जर्मनी सबैभन्दा अगाडि छ । यो टोली ६ चोटी युरोकपको फाइनलमा पुगेको थियो । त्यसपछि इटाली र सोभियत संघ समान ४ पटक फाइनलमा पुगेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ