arrow

सिटी एक्सप्रेस र भ्यालूबीच रेमिटान्स सम्झौता

logo
प्रकाशित २०७५ पुष १६ सोमबार
48418078_2278066999136744_8461830268909518848_n.png

काठमाडौं। मलेसियाको ख्याति प्राप्त रेमिटान्स कम्पनी भ्यालू र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सेवा सुरु भएको छ । भ्यालूको मलेसिया भरी २ हजार एजेन्ट लोकेशनहरु छन् साथै आफ्नै मोबाईल एप र इन्टरनेट बैंकिङ्गको पनि सेवा उपलब्ध रहेको छ । 

यो सेवाको सुरुवातपछि मलेसियाबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ६ हजार भन्दा बढि एजेन्टहरु मार्फत सिधैं भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिनेछ । हस्ताक्षर समारोहमा सिटी एक्सप्रेसको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र भ्यालूको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न रावोले हस्ताक्षर गरेका थिए। 

भ्यालुले सिटी एक्सप्रेससँग सिधा रेमिटान्स सम्झौता भएकोमा खुशी ब्यक्तगर्दै आगामी दिनहरुमा सिटी एक्सप्रेससँग नयाँ प्रविधी अनुसार सहकार्य गर्दै जाने बताए । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदैँ बिगत १२ वर्ष देखि विश्वभर आफ्नो रेमिट एजेन्ट बाट नेपालभरका एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ