काठमाडौं। सिटी एक्सप्रेसको “लखपती एक्सप्रेस” योजना अन्तर्गत तेस्रो महिनाको मासिक लक्की ड्र मा मोरङ्गकी रुना धिमाल विजेता बनेको छिन्। बिजेता बनेसँगै नगद १ लाख रूपैयाँ हात पारेकी छिन्।
यस उपहार योजना अवधिमा हालसम्म दैनिक उपहार योजना अन्तर्गत १ हजार ८० जनाले २ सयको मोबाइल टप अप, साप्ताहिक रुपमा ३६ जना विजेताले दश हजार र २ जनाले एकलाख जितिसकेका छन्। बिजेताको छनौट विद्युतीय लक्की ड्र मार्फत गरिएको थियो । सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा भएको कार्यक्रमबीच एक समारोहमा उक्त नगद पुरस्कार हस्तान्तरण गरिएको थियो।
सिटी एक्सप्रेसको “लखपती एक्सप्रेस” उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक २ सय को मोबाइल टप अप १२ जनाले जित्न सक्ने त्यसैगरी साप्ताहिक रुपमा तीन जना विजेताहरुले दश हजार र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले एकलाख जित्न सक्ने, उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार सिटी एक्सप्रेस मनी ट्रान्सफर १२ औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा रु १२ लाखसम्म जित्न सक्नेछन। यो योजना असोज १ गते देखि मंसिर २९ गते सम्म चलेको थियो। यो अवधिभर सिटी एक्सप्रेसमार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका थिए।