arrow

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब युकेमा

logo
प्रकाशित २०७५ फागुन ७ मंगलबार
city-expres-uk.jpg

काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफरले युकेबाट पनि रेमिटान्स सेवा शुरु गरेको छ। नेपालका एजेन्ट मार्फत सिधैं भुक्तानी लिन सकिने तथा कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने कम्पनीले जनाएको छ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर, युकेबाट भालापे मोबाईल एप्स र ईन्टरनेट बैंकिङ् मार्फत पनि सहज तरिकाले कारोबार गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिटी एक्सप्रेस मनी ट्रान्सफर युकेको तर्फबाट प्रबन्ध निर्देशक करम बहादुर गुरुङ्गले हस्ताक्षर गरेका छन्।

सिटी एक्सप्रेस नेपालले रेमिटान्स क्षेत्रमा बिगत १२ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरुबाट सात हजार भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ