arrow

दुर्घटना अघिको कार्यक्रममा यस्ता हँसिला देखिएका थिए रविन्द्र अधिकारी

logo
अमृत बास्तोला,
प्रकाशित २०७५ फागुन १५ बुधबार
rabindra-adhikari3.jpg

तेह्रथुम । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले तेह्रथुम आठराइ चुहानडाडामा रहेको थुम्की डाँडा एयरपोर्ट निर्माणको बुधवार विहान स्थलगत निरिक्षण, सम्बाव्यता अध्य्यन र स्थानीयसँगको छलफल गरेका थिए । 
 
उनी हँसीलो र खूशी देखिएर सँधै देखिने जाँगर सहित स्थानीयहरुसँग छलफल गरेका थिए। उनले सबै बिषय ध्यानले सुनेको स्थानीय गोविन्द राईले जानकारी दिएका छन्। उनले स्थानीयका अरु गुनासोहरु पनि ध्यान दिएर सुनेका थिए।

चुहान डाँडाको कार्यक्रम सकेर ताप्लेजुङ गएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलीकप्टर दुर्घटनामा परेको खबर स्थानियले केहि बेरमै पाए। प्राप्त जानकारी अनुसार ताप्लेजुङको बाह्रडाँडा नजिकै हेलिकप्टर खसेको हो। हेलिकप्टर आकाशमै आगो लागेर खसेको थियो।

हेलिकप्टरमा पर्यटनमन्त्री रविन्द्र अधिकारी, आङछिरिङ शेर्पा अध्यक्ष यति एयरलाइन्स, वीरेन्द्रप्रसाद श्रेष्ठ उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण, अर्जुनकुमार घिमिरे मन्त्री अधिकारीका पिएसो, युवराज दाहाल प्रधानमन्त्री कार्यालयका सल्लाहकार, धुब्रदास भोछिभया इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण र हेलिकप्टर क्याप्टेन प्रभाकर केसी रहेका थिए।

ताप्लेजुङमा दुई हेलिकप्टर दूर्घटनाले लग्यो दुई बहालवाला मन्त्री

सातै जनाको शव फेला : मन्त्री अधिकारीको शव चिन्न सकिने

प्रहरीले भन्यो : ६ जनाको शव भेटियो, पीएसओको खोजी जारी

र्यटन मन्त्री अधिकारी सवार हेलिकप्टर दूर्घटना, सबैको मृत्यु 

मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाईयो

पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर दूर्घटना  

चुहानडाँडाबाट ११ बजे विदाई भएको थियो पर्यटनमन्त्री अधिकारी चढेको हेलिकप्टर

पर्यटनमन्त्री चढेको हेलिकप्टर दूर्घटनापछि गृहमन्त्रालयमा आकस्मिक बैठक



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ