arrow

शिक्षा र स्वास्थ्यमा अन्तर्राष्ट्रिय हव बनाउने अठोट गरौँ – उमेश श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०७६ वैशाख ५ बिहिबार
umesh-shrestha.jpg

काठमाडौँ । सांसद तथा नीजि क्याम्पसहरुको संस्था उच्च मावि संघ (हिसान)का पुर्व अध्यक्ष उमेश श्रेष्ठले सार्वजनिक विद्यालयहरु राम्रो भएमा नीजि विद्यालयहरुको आवश्यकता नपर्ने बताएका छन् । 
 
नेपालको नयाँ संविधानमा शिक्षा र स्वास्थ्यको संपूर्ण दायित्व राज्यले लिनु पर्ने व्यवस्था गरिएकाले सार्वजनिक विद्यालयहरुलाई गुणस्तरयुक्त बनाएर सवै निजि विद्यालयहरुलाई रुपान्तरण गर्नुपर्ने उनको भनाई छ । 

सार्वजनिक विद्यालयहरु आम नागरिकले चाहेको जस्तो र विश्वासीलो भएमा निजी विद्यालयमा कोही पनि नजाने र निजि विद्यालयहरु आफै विस्थापित हुने उनले बताए ।

शिक्षाविद् श्रेष्ठले भने, “सार्वजनिक विद्यालयले जनताको मन नजित्दासम्म नीजि विद्यालयहरुको आवश्यकता परिरहन्छ ।” 

सरकारले सार्वजनिक विद्यालयहरुमा लगानी बढाउन, व्यवस्थापन सुधार्न र अविभावकको मन जित्न नसकेकाले नीजि विद्यालयहरुको आवश्यकता परेको उनको भनाई छ । 

सरकारले सार्वजनिक विद्यालयहरु सुधारेर निःशुल्क पढाउना साथ नीजि विद्यालयहरुमा शुलक तिरेर पढाउन को जान्छ र भनेर उनले प्रतिप्रश्न गरे ।

लामो समय शिक्षा क्षेत्रमा काम गरेको अनुभवका आधारमा शिक्षा क्षेत्रको नीतिगत सुधारका लागि आफु सांसद भएको उल्लेख गर्दै काँग्रेस सांसद श्रेष्ठले शिक्षा र स्वास्थ्यका लागि नेपाललाई अन्तर्राष्ट्रिय हव बनाउनु पर्ने धारणा राखे । 

अहिले चलिरहेका नीजि विद्यालयहरु मध्ये केही अपवाद बाहेक अधिकांशले लगानी अनुसारको न्युन शुल्कमै पढाएको दावी गर्दै उनले त्यसलाई अझै सेवामुलक बनाउदै लैजानु पर्नेमा जोड दिए ।

उनले सरकारी विद्यालयमा हरेक शिक्षक र विद्यार्थीका लागि भएको लगानी कम भएको भन्दै धेरै कम लगानीमा नीजि विद्यालयहरुले धेरै गुणस्तर शिक्षा दिएको बताए । 

राज्यले शिक्षालाई पहिलो प्राथमिकतामा नपर्दा सम्म देशको समग्र विकास हुनै नसक्ने नेता श्रेष्ठको भनाई छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ