arrow

ग्लोबल आइएमई बैंकको थप ५ शाखारहित बैंकिङ्ग सेवा

logo
प्रकाशित २०७६ वैशाख १८ बुधबार
global-ime-bank1.jpg

काठमाडौं। ग्लोबल आइएमई बैंकले देशको  विभिन्न जिल्लाहरुमा थप ५ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ।  बैंकले अर्घाखाँचीको धनचौर, कास्कीको रुपाकोट, सुनसरीको जमुवा, लमजुङ्गको सातबिसे र  धमिलिकुवामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सिडिएमए, युटिएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज जस्ता सेवाहरु लिन सक्नेछन्।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउन बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको बैंकको जिकिर रहेको छ।

बैंकको नेपालभर १ सय ३७ शाखा, १५ राजश्व संकलन काउण्टर, १ सय ४२ एटिएम,१० वटा एक्सटेन्सन काउण्टर तथा १ सय ३१ शाखा रहित बैंकिङ्ग सेवा उपलब्ध रहेको जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ