विनोद चौधरी भन्छन्, 'अर्थतन्त्रमा मेजर सर्जरी आवश्यक, बजेटले मात्रै नतिजा दिँदैन'
प्रकाशित २०७६ जेठ १५ बुधबार
770
Shares
काठमाडौं। नेपाली काँग्रेसका सांसद एवं उद्योगी विनोद चौधरीले अर्थतन्त्रमा मेजर सर्जरीको आवश्यकता रहेको भन्दै बजेटकै आधारमा कायापलट नै भयो भन्न सक्ने अवस्था नरहेको बताएका छन्। बजेटपछि पत्रकारहरुसँगको कुराकानीका क्रममा चौधरीले आगामी आर्थिक वर्षमा सरकारले अर्थतन्त्रमा देखिएका समस्याहरुको समाधान गर्नेमा आशा व्यक्त गरेका छन्।
चौधरीले निकासीका लागि प्रमुख आर्थिक क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड समेत दिए। उनले नेपालमा उत्पादन भएका बस्तुहरुले भारत र चीन जस्ता ठूला बजारसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकोले सामान्य सुधारले मात्रै नेपालको अर्थतन्त्रले गति लिने सम्भावना नरहेको बताए। भारत र चीनसँग व्यापारिक रुपमा प्रतिस्पर्धा गर्नको लागि नेपाली अर्थतन्त्रको गहिराईमा पुगेर सुधार गर्नपनि उनले सुझाव दिएका छन्।
अहिले मुलुकको निर्यात घटिरहेको अवस्थामा अर्थमन्त्रीले बजेट ल्याउने वित्तीकै समस्या समाधान हुन्छ भन्नेमा भने आफूलाई विश्वास नरहेको उनले बताए। गत वर्षको पूर्वाधार विकासको खर्चलाई सम्झने हो भने अझै पनि सोचेको जस्तो नतिजा नदिने प्रतिक्रिया पनि चौधरीले दिएका छन्।