arrow

युरोकपका १२ खेल ४५ गोल, यस्तो छ परिणाम

logo
हाम्रा कुरा
प्रकाशित २०७६ जेठ २८ मंगलबार
euro.jpg

काठमाडौं । युरोकप छनोट फुटबलमा सोमबार राति १२ खेल भएको छ । १२ खेलमा ४५ गोल भएको छ । 

केही पत्यारिला र केही अपत्यारिला नतिजा पनि आएका छन् । समूह ए को खेलमा कोसोभोले बुल्गेरियालाई ३–२ ले हरायो । चेक गणतन्त्रले मोन्टेनेग्रोलाई ३–० ले हरायो । 

समूह बी को खेलमा सर्बियाले लिथुआनियालाई ४–१ ले हरायो । युक्रेनले लग्जेम्बर्गलाई १–० ले हरायो । 

समूह डी को खेलमा डेनमार्कले जर्जियालाई ५–१ ले हरायो । आयरल्याण्डले जिब्राल्टारलाई २–० ले हरायो । 

समूह एफमा नर्वेले फारोइ आइल्याण्डलाई २–० ले हरायो । रोमानियाले माल्टालाई ४–० ले हरायो । 

Sergio Ramos gave the hosts a deserved lead on 64 minutes when he scored a penalty after Seb Larsson handled in the box

स्पेनले स्वीडेनलाई ३–० ले हरायो । सर्जियो रामोस र अल्भारो मोराटाले पेनाल्टीमार्फत गोल गरे भने माइकेल ओयारजाबालले पनि एक गोल थपे । 

Ramos' goal was deserved for Spain who also saw a first-half strike ruled out incorrectly for offside by the Scottish officials

समूह जी को खेलमा अष्ट्रियाले नर्थ मेसेडोनियालाई ४–१ ले हरायो । स्लोभेनियाले लात्भियालाई ५–० ले हरायो । 

Robbie Brady scored a header in the dying embers of the game to seal the victory at home

पोल्याण्डले इजरायललाई ४–० ले हरायो । 

अंक तालिका–

समूह ए मा इंगल्याण्ड र चेक गणतन्त्रको समान ६–६ अंक छ भने कोसोभोको ५ तथा मोन्टेनेग्रो र बुल्गेरियाको २–२ अंक छ । 

समूह बी मा युक्रेनको १० अंक छ भने लग्जेम्बर्ग र सर्बियाको ४–४, पोर्चुगलको २ र लिथुआनियाको १ अंक छ । 

समूह डी को खेलमा आयरल्याण्ड १० अंकसहित शीर्ष स्थानमा छ । डेनमार्क ५ अंकबाट दोस्रो, स्वीटजरल्याण्ड ४ अंकबाट तेस्रो, जर्जियाको ३ अंक र जिब्राल्टार अंकविहिन छ । 

समूह एफमा चौथो चरणको समाप्तिसम्म १२ अंकबाट स्पेन शीर्ष स्थानमा, ७ अंकबाट स्वीडेन र रोमानिया दोस्रो र तेस्रो स्थानमा, नर्वे ५ अंकबाट चौथो, माल्टाको ३ अंक र फारोइ आइल्याण्ड अंकविहीन रहेको छ । 

Real Madrid defender Dani Carvajal challenges Sweden's Ludwig Augustinsson during Spain's Group F match at the Bernabeu

समूह जी मा चौथो चरणको समाप्तिसम्म १२ अंकबाट पोल्याण्ड पहिलो, ७ अंकबाट इजरायल दोस्रो, ६ अंकबाट अष्ट्रिया तेस्रो, ५ अंकबाट स्लोभेनिया चौथो, ४ अंकबाट नर्थ मेसेडोनिया पाँचौं र ० अंकबाट लात्भिया पुछारमा छ । 

Gibraltar keeper Kyle Goldwin makes a superb save to deny Scott Hogan from close range



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ