arrow

युरोकपमा जर्मनी, इटाली र बेल्जियमसहित को को सफल ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७६ जेठ २९ बुधबार
germany5.jpg

काठमाडौं । युरोकप फुटबल छनोटमा मंगलबार राति १३ खेल भएका छन् । जसमा जर्मनी, इटाली, बेल्जियम, फ्रान्ससहितका मुख्य टीमहरुले सफलता हासिल गरेका छन् । 

Marco Reus celebrates after scoring the opening goal against Estonia

जर्मनीले स्टोनियालाई ८–० गोलको फराकिलो अन्तरले हराएयो छ । समूह सीको खेलमा जर्मनीलाई फराकिलो जित दिलाउने क्रममा मार्को रिउस र सर्ज गनाब्रीले समान दुई दुई गोल गरे । लियोन गोरोत्जका, इल्के गुन्डोगोन, टिमो वर्नर र लिरो सानेले एक एक गोल गरे ।

Leroy Sane and Marco Reus celebrate in Germany's hammering of Estonia at the OPEL Arena

अर्को खेलमा नर्दन आयरल्याण्डले बेलारुसलाई १–० गोल अन्तरले हरायो । ८६ औं मिनेटमा प्याट्रिक म्याकनयरले गोल गरे । 

Manchester City star Ilkay Gundogan scores from the penalty spot on 26 minutes

जर्मनी ३ खेलबाट ९ अंकसहित दोस्रो स्थानमा छ । नर्दन आयरल्याण्ड १२ अंकसहित शीर्ष स्थानमा छ । बेलारुस अंकविहिन हुँदै चौथो र स्टोनिया तालिकाको पुछारमा छ ।

Serge Gnabry taps in from close range during the second half of the EURO 2020 qualifier

समूह ई को खेलमा स्लोभाकियाले अजरबैजानलाई ५–१ गोल अन्तरले हरायो । मारेक हम्सिकले सर्वाधिक दुई गोल गरे । 

त्यस्तै वेल्साई हंगेरीले १–० गोल अन्तरले हरायो । मेट पट्काईले ८१ औं मिनेटमा निर्णायक गोल गरे । 

हंगेरी ९ अंकसहित शीर्ष स्थानमा छ । स्लोभाकिया र क्रोएसियाको ६–६, वेल्सको ३ र अजरबैजानले अंकको खाता खोलेको छैन । 

समूह आई मा काजखस्तानले सानमारिनोलाई ४–० ले हरायो । बेल्जियमले स्कटल्याण्डलाई ३–० गोल अन्तरले हरायो । 

रोमेलु लुकाकुले २ गोल गरे भने केभिन डे ब्रुनेले एक गोल गरे । त्यसैगरी रुसले साइप्रसलाई १–० ले हरायो । रुसका लागि एलेक्से आयोनोभले गोल गरे । 

अंक तालिकामा बेल्जियम १२ अंकसहित पहिलो, ९ अंकसहित रुस दोस्रो, काजखस्तान र स्कटल्याण्डको समान ६–६, साइप्रसको ३ तथा सान मारिनोको ० अंक छ । 

समूह जे मा अर्मेनियाले ग्रीसलाई ३–२ ले, इटालीले बोस्निया हर्ज गोविनालाई २–१ ले हरायो । लोरेन्जो इन्सिग्ने र मार्को भेर्राटीले इटालीलाई गोल गर्दै जिताए । एडिन डीजेकोले बोस्नियालाई सुरुआती गोल दिलाएका थिए । 

अर्को खेलमा फिनल्याण्डले लेचटेन्सटेनलाई २–० गोल अन्तरले हरायो । 

अंक तालिकामा इटाली ४ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । सन् २०१८ को विश्वकपमा पहिलो पटक खेल्न नपाएपछि इटाली सुधारिएको छ । 

९ अंकबाट फिनल्याण्ड दोस्रो स्थानमा छ । 

समूह एच मा फ्रान्सले एन्डोरालाई ४–० ले, अल्बानियाले मोल्डोभालाई २–० ले, आइसल्याण्डले टर्कीलाई २–१ ले हरायो ।  

Kylian Mbappe scored the 100th goal of his career as France thrashed Andorra on Tuesday



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ