arrow

गुल्मीमा ग्लोबल आइएमईको पाँचौ शाखा रहित बैंकिङ्ग सेवा, पौदीअमराईमा नयाँ

logo
कौरव खत्री,
प्रकाशित २०७६ साउन २४ शुक्रबार
global-ime-bank.jpg

गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका वडा नं. १ पौदीमराईमा ग्लोबल आइएमई बैंक वामी शाखाले आफ्नो पाँचौ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ।

बिहिवार ग्लोवल आइएमइ बैङको शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले गरे। 

नगरप्रमुख सापकोटाले ग्लोबल आइएमई बैंक लि.वामी शाखाले ग्रामिण इलाकामा बैङको विकास र विस्तार गरेकोमा ग्लोबल आइएमई बैंक लि.वामी शाखालाई धन्यबाद दिए ।

ग्लोबल आइएमई बैंक लि. वामी शाखाले पौदीअमराईमा शाखा रहित बैकिङ्ग सेवा विस्तार गरेसँगै यस क्षेत्रका आम सर्वसाधरण जनतालाई आफ्नो घर नजिकैबाट आर्थिक कारोवारमा थप सहजता भएको ग्लोवल आइएमइ बैंक वामी शाखा प्रवन्धक माधव उपाध्यायले जानकारी दिए ।

उक्त शाखा रहित बैंकिङ्ग सेवाबाट बैङकमा खाता खोल्न, रकम बचत गर्न तथा झिक्न, रकमको जानकारी लिन र अन्य शाखाहरुमा रकम पठाउन, विदेशबाट आएको रकम निकाल्न र मोबाइल रिचार्ज गर्न सकिने व्यवस्था रहेको ग्लोवल आइएमइ बैंक वामी शाखा प्रबन्धक उपाध्यायले जानकारी दिए।

उक्त शाखा रहित बैकिङ सेवाबाट दैनिक रुपमा ग्लोवल आइएमइ बैंक शाखा सरह नै  सेवा उपलव्ध हुने प्रवन्धक उपाध्यायले जानकारी दिए ।

साथै देशभर ग्लोवल आइएमइ बैंक लि.ले १सय,७९ वटा शाखा रहित बैकिङ सेवा विस्तार गरेको प्रवन्धक उपाध्यायले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ