कुमारी बैंकले ल्यायो सारथीमा आकर्षक छुट सहित क्यूआर पेमेन्ट प्रविधि
प्रकाशित २०७६ भदौ १४ शनिबार
582
Shares
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहक तथा सर्वसाधारणहरुलाई थप सुविधा दिने उद्देश्यले एपद्वारा बुकिङ्ग गर्न सकिने सुविधा भएको ट्याक्सी सेवा प्रदायक कम्पनी सारथी प्रा. लि. सँंग डिजिटल पेमेन्ट सम्बन्धी सहकार्य गर्ने सम्झौता गरेको छ ।
आधुनिक सूचना प्रविधिको प्रयोग गरी दैनिक आवतजावत सहज बनाउनका लागी सारथीका ट्याक्सीहरुमा सो भुक्तानी प्रणाली स्थापना गरिने बैंकले बताएको छ । नगदरहित र झन्झटमुक्त कारोबारमा सहजता ल्याउनुका साथै ट्याक्सी व्यवसायीहरूको आम्दानीलाई तत्काल सम्बन्धित बैंक खातामा जम्मा भई बचत गर्न सकिने तथा उक्त रकममामा प्राप्त हुने ब्याज समेत प्राप्त गर्न सकिने,साथै ग्राहकले पनि बायोमेट्रिक लगईन मार्फत सुरक्षित,नगदरहित भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।
बैंकले ग्राहक र चालक दुवैको सहजता र सुरक्षालाई मध्यनजर राख्दै सो सुविधा विस्तार गर्न लागिएको जनाएको छ। सो भुक्तानी ग्राहकहरुले कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपका साथै फोनपे नेटवर्क अन्तर्गतका सम्पूर्ण बैंक र वालेटबाट पनि सिधै भुक्तानी गर्न सक्ने बैकले जनाएको छ । सो भुक्तानी प्रणालीको प्रोत्साहनका निम्ति सेप्टेम्बर १ देखि ग्राहक र चालक दुवैका लागि आकर्षक बोनस र क्यास ब्याकको योजना पनि ल्याएको छ । उक्त योजना अनुसार हरेक क्यूआर पेमेन्टको कारोबारमा चालकले १५ रुपैयाँसम्मको बोनस तथा ग्राहकले २० सम्मको क्यास ब्याक प्राप्त गर्ने सक्नेछन्।