arrow

ग्लोबल आइएमई बैंकको नारी बचत खातामा विशेष छुट

logo
प्रकाशित २०७६ भदौ १६ सोमबार
global.png

काठमाडौं।  हिन्दु महिलाहरुको महान चाड तीजलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले नारी बचत खातामा विशेष छुट योजना सार्वजानिक गरेको छ । तीज विशेष एक कार्यक्रमा उक्त योजना घोषणा गर्दै बैंकले उक्त योजना एक महिनाको लागि लागू रहने जनाएको छ। 

यस योजना अन्तर्गत नारी बचत खाता भएका ग्राहकले बैंकबाट कर्जा लिँदा लाग्ने कर्जा प्रवाह शुल्कमा ०.२५ प्रतिशत छुट प्राप्त गर्न सक्नुका साथै इन्टरनेट बैंकिङ,भिसा डेबिट तथा क्रेडिट कार्ड, एक वर्षसम्म ब्यालेन्स सर्टिफिकेट जारी गर्दा लाग्ने शुल्क तथा लकर सुविधा नि:शुल्क उपलब्ध गराउने जनाएको छ। यसको अतिरिक्त नारी बचत खातामा पहिलो वर्ष  मोवाइल बैंकिङ्ग तथा भाइबर बैंकिङ्ग सेवा निशुल्क प्राप्त गर्न सक्ने बैंकले बताएको छ। 

बैंकले हाल देशभर १ सय ४२ शाखा,३० वटा एक्टेन्सन काउण्टर तथा १ सय ८४ वटाशाखा रहित बैंकिङ्ग सेवा,१सय ४८ एटिएममार्फत सेवा प्रदान दिदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ