arrow

सिटी एक्सप्रेस कनेक्ट आईपिएसमा आबद्ध

logo
प्रकाशित २०७६ भदौ १९ बिहिबार
city.png

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउस बिच अब अन्तर र्बैक भुक्तानी प्रणाली सेवा सञ्चालनमा आएको छ । उक्त भुक्तानी प्रणाली सेवा नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपिएस मार्फत ८० भन्दा बढी बैंक तथा वित्तिय संस्थाबाट हुने जनाएको छ ।  सो सेवा अन्तर्गत अब सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट रेमिटान्स कारोबारहरु कनेक्ट आइएिएस इ पेमेन्ट मार्फत रियल टाइम तथा एनसिएचएल मार्फत तोकिएको सीमामा उक्त कारोबारहरु भुक्तानी गर्न सकिनेछ । 

यस अनुरुप अव बैंक भुक्तानी कार्यहरु धेरै सहज र सरल हुने बिश्वास कम्पनीको रहेको छ । उक्त सम्झौता पत्रमा नेपाल  क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान  र सिटि एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले  हस्ताक्षर गरे । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७ हजार भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ