arrow

कुमारी बैंकको साधारणसभा असोज ११ मा

logo
प्रकाशित २०७६ भदौ २० शुक्रबार
kumari.jpg

काठमाडौं । कुमारी बैंकको साधारणसभा  असोज ११ गते हुने भएको छ। बैंकको संचालक समिति बैठकले उक्त साधारणसभाको मिति तय गरेको हो। सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल हुने कम्पनीले जनाएको छ ।

त्यस्तै गत आर्थिक वर्षको नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण,नाफा नोक्सान बाँडफाँड हिसाब, इक्वीटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध अनुसूचीमाथि छलफल भई साधारणसभाबाट पारित गर्ने कार्यक्रम रहेको छ ।

बैंकको सहायक कम्पनी कुमारी क्यापिटलको वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरणमाथि समेत सभामा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ