arrow

सिटी एक्सप्रेस र रेमिट्लीबीच रेमिटान्स सम्झौता

logo
प्रकाशित २०७६ भदौ २६ बिहिबार
city.png

काठमाडौं । अमेरिकाको ख्यातिप्राप्त रेमिटान्स कम्पनी रेमिट्ली र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सम्झौता भएको छ । अमेरिका, युरोप, क्यानडामा रहने नेपालीहरुले अब रेमिट्लीको मोबाइल एप्लिकेशन डाउनलोड गरी सजिलै आफ्नो आफ्न्तलाई मोबाइलबाट पैसा पठाउन र नेपालमा सिटी एक्सप्रेससँग आबद्घ ७ हजार भन्दा बढी एजेन्ट्हरु बाट सजिलै भुक्तानी लिन सकिनुका साथै कुनै पनि बैंकको खातामा  समेत रकम जम्मा गर्न सकिने कम्पनीले जनाएको छ । 

उक्त  सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रेमिट्लीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याथ्यू अप्पनहाईम्रले हस्ताक्षर गरे। 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्वभर आफ्नो रेमिट एजेन्ट्हरु मार्फत ७ हजार भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

                
                         
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ