arrow

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट, भावी योजनाबारे छलफल  

logo
प्रकाशित २०७६ भदौ ३१ मंगलबार
city-express-agent-meet.jpg

काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट तालिम सम्पन्न गरेको जनाएको छ। काठमाडौंको एक होलटमा भएको सो कार्यक्रममा काठमाण्डौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक  लगायतका २०० भन्दा बढी एजेन्टहरुको सहभागि भएका थिए।

सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले एजेटहरुलाई आगामी दिनमा कसरी अगाडि बढ्ने भनेर रणनीति बताएका थिए।व्यबस्थापक समूहका अग्रजहरुले समेत एजेन्टका जिज्ञासाहरु माथि उत्तर दिएका थिए।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि देश तथा बिदेशमा काम गर्दै आएको जनाएको छ। देशभरी छरिएका ७००० भन्दा बढी रेमिट एजेन्ट्हरुबाट नेपाल भित्र भुक्तानी प्रदान गर्दै आइरहेको बिज्ञप्तीमा जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ