- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एक महिलाले अल्पायु मै छोरालाई गुमाइन् । उनको जवान छोराको मृत्यु भएको थियो। उनको श्रीमानको पहिल्यै मृत्यु भएको थियो । छोराको मृत्युपछि उनि पागल जस्तै भइन् र आफ्नो पुत्रको शव लिएर गाँउ गाँउमा घुम्न थालिन् । घुम्दै उनि महात्मा गौतम बुद्ध भएको ठाँउ पुगिन् ।
उनले रुदै बुद्धलाई भनिन्, 'मेरो यो एक्लो छोरा हो । यही मेरो जीवनको आधार हो , यदी यो नरहे मेरो जीवन व्यर्थ छ। कृपया, यसलाई कुनै प्रकारले जीवित गरिदिनुहोस। तपाई जे पनि गर्न सक्नुहुन्छ, मेरो प्रार्थना स्वीकार गर्नुहोस।'
गौतम बुद्धले भने, 'ठीक छ म तिम्रो छोरालाई पुन जीवित गरिदिन्छु, तर त्यो भन्दा पहिले तिमीले मेरो एउटा काम गर्नुपर्नेछ । तिमी गाँउको कुनै एक घरबाट एक मुट्ठी अन्न लिएर आउ जसको घरमा कहिल्यै कसैको मृत्यु भएको छैन।'
महिला खुशी भइन । उनने यो सामान्य काम हो भन्ने सोचिन्। उनले भनिन्, 'म अहिले यस्तो घर खोज्छु ।' उनि छोराको शव त्यहि छोडेर गाँउतर्फ लागिन् । उनि प्रत्येक घरमा गएर भन्न लागिन, 'यदी तपाईहरुको घरमा कसैको मृत्यु भएको छैन भने मलाई एक मुट्ठी अन्न दिनुहोस ।'
विहान हिडेकी उनि बेलुका भयो, तर उनले गाँउमा यस्तो घर भेटिनन् जहां कहिले कसैको मृत्यु नभएको होस। उनले बुझिन् मृत्यु त अटल सत्य हो र यसबाट कोहि बच्न सक्दैन । एक दिन सबैले मर्नु छ ।
उनि तुरुन्तै गौतम बुद्ध भएको ठाँउमा फर्किइन् । उनले बुद्धसँग भनिन्, 'तपाई मेरो छोरालाई जीवित नगर्नुहोस तर मलाई जीवन र मृत्युको रहस्य बताउनुहोस ।'
बुद्धले भने, 'मैले तिमीलाई घर-घर यसकारण पठाएको थिए कि तिमी मृत्युको सत्यतालाई बुझ्न सक। जसले जन्म लिएको छ, उसले एक दिन अवश्य नै मर्नु पर्नेछ । मृत्यु नै जीवनको स्वभाव हो ।'
त्यसपछि उक्त स्त्री बुद्धसँग अत्मज्ञानको दीक्षा लिएर ध्यान गर्न थालिन् ।