सिटी एक्सप्रेस ग्रुपलाई प्रधानमन्त्रीद्धारा सम्मान
प्रकाशित २०७६ असोज १४ मंगलबार
419
Shares
भक्तपुर। सिटी एक्सप्रेस ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ। यसै अनुरुप भक्तपुर स्थित मानव सेवा आश्रमको १६ औ आश्रम उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई सम्मान ग्रहण गरेका थिए।
समाजको सकरात्मक रुपान्तरण एवं मानविय सेवाको कार्यमा मानवसेवा आश्रमले पुर्याउदै आइरहेको योगदानको कदर गर्दै आश्रमलाई सम्मान गरिएको हो। सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्वभरी आफ्नो रेमिट एजेन्ट्हरुबाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ। सिटी एक्सप्रेस ग्रुप अन्तर्गत मनि ट्रान्सफर, फाउन्डेशन, फाईनान्स, आईटी कम्पनी, टेडिङ्ग, म्यानेजमेन्ट लगायत थुप्रै कम्पनीहरु आबद्ध छन्।