arrow

बराबरीले नै युरोकपमा छानियो स्पेन, अहिलेसम्म को को छानिए ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७६ असोज २९ बुधबार
rodrigo.jpg

काठमाडौं । स्पेन सन् २०२० मा हुने युरोकप फुटबलमा छनोट भएको छ । समूह ‘एफ’ बाट खेलिरहेको स्पेनले मंगलबार रातिको खेलमा स्वीडेनसंग १–१ गोलको बराबरी खेले पनि तीन पटकको च्याम्पियन स्पेन युरोकपमा छनोट भएको हो ।

खेलको ५० औंं मिनेटमा मार्कस बर्गले गोल गर्दै स्वीडेनलाई अगाडि बढाए पनि ईन्जुरी समयमा रोड्रिगोले गोल गर्दै स्पेनलाई बराबरीमा ल्याएका थिए । त्यही एक अंक नै स्पेनलाई छनोट हुन काफी भयो । 

८ खेलबाट स्पेनको २० अंक छ भने दोस्रो स्थानको स्वीडेनको १५ तथा तेस्रो स्थानको रोमानियाको १४ अंक छ । अन्तिम खेलमा स्वीडेन र रोमानिया आपसमा भिड्ने भएकाले स्पेनको छनोट पक्का भएको हो । 

यो समूहको अन्य खेलमा फारोइ आइल्याण्डले माल्टालाई १–० गोल अन्तरले हरायो । त्यस्तै रोमानिया र नर्वेले १–१ को बराबरी खेले । 

को को छानिए अहिलेसम्म युरोकपमा ?

स्पेन युरोकपमा छानिने छैटौं टिम हो । सुरुमै छानिनै टिम बेल्जियम हो । त्यसपछि ईटाली, रुस, पोल्याण्ड र युक्रेन छनोट भइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ