arrow

सीमा मिचेको विरोधमा चिनियाँ दूतावास अगाडि प्रदर्शन 

के सम्झौता भएको थियो मोदी र सीबीच सन् २०१५ मा ?

logo
प्रकाशित २०७६ कार्तिक २४ आइतबार
china-india-nepal-flag.jpg

काठमाडौं। भारत र चीनले मिचेको नेपालको सीमाको विरोध गर्दै तत्काल फिर्ता दिन मागसहित काठमाडौंको बालुवाटारमा रहेको चिनियाँ दूतावास अगाडि घेराउ गरिने भएको छ । 

हाम्रो पार्टी नेपाल, माओवादी कम्युनिस्ट केन्द्रलगायतले मिलेर दूतावास घेराउ गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक एवं हाम्रो पार्टी नेपालका संयोजक गोविन्द बोहराले बताएका छन् । 

‘हराएको नेपाल खोज्न उठौं, लुकाइएको नेपाल खोस्न उठौं’ भन्ने मुल नाराका साथ आइतबार दिउँसो १ः४५ बजे बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि घेर्न जाने संयोजक बोहराले बताए । 

लिम्पियाधुरा, कालापानी तथा नेपाल, भारत र चीनको त्रिदेशिय सीमा रहेको नेपालको लिपुलेक मिचिएको सम्बन्धमा अहिले देशब्यापी विरोध भएको सन्दर्भ पारेर सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच नेपालको भूभाग भए पनि नेपाललाई नसोधी दुई पक्षीय ब्यापारीक नाका खुलाउने भनी भएको सम्झौताको यथार्थ बताउन दवाव दिनका लागि यो घेराउ कार्यक्रमको आयोजना गरिएको हो । 

यसको जानकारी समेत नदिएर भारत र चीनले नेपालको सार्वभौमिकतामाथि नै प्रहार गर्न खोजेको आरोप लगाइएको छ । हाम्रो पार्टी नेपालले अहिले कालापानी, लिम्पियाधुरा लगायत ३७२ वर्गकिलोमिटर भन्दा बढी जमिन भारतीयले आफ्नो आन्तरिक नक्सामा राखेको बारेमा कुटनीतिक पहल गर्न नेपाल सरकारलाई सर्वदलीय बैठकले आग्रह गरेको अवस्थामा चीनले पनि बोल्नुपर्ने बताएको छ । 

आम नेपालीले भारतीय हस्तक्षेपको विरुद्ध भारतीय दूतावास समेत घेराउ गरी सच्याउन माग गरिरहेको अवस्थामा चीनले समेत पनि यसको जवाफ दिनुपर्ने दवाव बढेको हो । 

बृहत प्रदर्शनमा सबै जना उपस्थित भइ नेपालको राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाधिनता र नेपालको सार्वभौमिकताको पक्षमा नेपालको झण्डा सहित प्रदर्शनमा उभिन समेत आग्रह गरिएको छ । 

भारत मात्र नभई चीनले समेत नेपालको सीमा मिचेकाले भारतलाई आफ्नो गलत निर्णय सच्याउन दबाब दिइरहेकै समयमा चीनलाई समेत यो बारेमा स्पष्ट जानकारी दिनुका साथै मिचिएको जमिन फिर्ता दिन आग्रह गर्ने पनि जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ