arrow

युरोकपमा छानियो इङल्याण्ड, केनको ह्याट्रिक 

logo
हाम्रा कुरा
प्रकाशित २०७६ कार्तिक २९ शुक्रबार
kane-kane-kane.jpg

काठमाडौं । इङल्याण्ड अर्को वर्ष हुने युरोकप फुटबलका लागि छनोट भएको छ । बिहीबार राति भएको खेलमा मोन्टेनेग्रोलाई ७–० को फराकिलो गोल अन्तराले पराजित गर्दै इङल्याण्ड अर्को बर्ष हुने युरोकपका लागि छानिएको हो ।

ह्यारी केनले टोलीका लागि पहिलो ह्याट्रिक गरेका छन् । त्यसैगरी ओक्सलेड चाम्बरलिन, मार्कस रासफोर्ड र अब्राहमले एक–एक गोल गरे । इंगल्याण्डले एक गोल भने आत्मघातीका रुपमा उपहारमा पाएको थियो । 

यो जितपछि समूह एको खेलमा ७ खेलबाट १८ अंक जोडेको इङल्याण्ड छानिएको हो । त्यसैगरी यही समूहको अर्को खेलमा चेक गणतन्त्रले कोसोभोलाई २–१ गोल अन्तरले हराएको छ ।

तालिकामा चेक १५ अंकबाट दोस्रो र कोसोभो ११ अंकबाट तेसो स्थानमा छ । ३–३ अंकका मोन्टेनेग्रो र बुल्गेरिया बाहिरिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ