सिटी एक्सप्रेस ग्रुपद्धारा आश्रमलाई १२ सय थान ज्याकेट हस्तान्तरण
प्रकाशित २०७६ कार्तिक ३० शनिबार
1.3k
Shares
काठमाडौं। सिटी एक्सप्रेस ग्रुपद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरिएको छ। जाडोयामलाई लक्षित गरि मानव सेवा आश्रममा आश्रित सवैलाई जाडोबाट बच्न उक्त ज्याकेट वितरण गरिएको हो।
उक्त अवसरमा सिटी एक्सप्रेस ग्रुप अन्र्तगतका भगिनी संस्थाहरु मध्ये सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रशासकिय निर्देशक कृष्णराज पौडेल, सिटी एक्सप्रेस फाइनान्सका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र सिटी एक्सप्रेस बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत नारायण बस्नेतद्धारा संयुक्त रुपमा मानव आश्रमका अध्यक्ष रामजी अधिकारीलाई उक्त ज्याकेटहरु एक समारोहबीच हस्तान्तरण गरिएको हो।