जर्मनी युरोकपमा छनोट, यस्तो छ शनिबारका १० खेलको परिणाम
हाम्रा कुरा
प्रकाशित २०७६ मंसिर १ आइतबार
745
Shares
काठमाडौं । जर्मनी अर्को वर्ष आयोजना हुने युरोकप फुटबलमा छनोट हुन सफल भएको छ । शनिबार राति भएको खेलमा बेलारुसलाई ४–० गोल अन्तरले हराउँदै जर्मनी युरोकपमा छनोट भएको हो ।
जर्मनीको जितमा टोनी क्रुसले दुई गोल गरे । म्थायस गिन्टर र लियोन गोत्र्यकाले एक एक गरे ।
जर्मनी रहेको समूह सीको शनिबारको अर्को खेलमा नर्दन आयरल्याण्डले नेदरल्याण्डसंग गोलरहित बराबरी खेलेको छ । यो बराबरीले नेदरल्याण्डले अन्तिम खेल खेलेरै
छनोट हुनुपर्ने भएको छ । जर्मनीको ७ खेलबाट १८ अंक छ । नेदरल्याण्डको ७ खेलबाट १६ अंक छ । तेस्रो स्थानको नर्दन आयरल्याण्डको १३ अंक छ ।
गोल अन्तर ११ को फरक रहे पनि औपचारिकताका लागि नेदरल्याण्डले अन्तिम खेलमा पुछारको इस्टोनियासंग खेल्नेछ । नर्दन आयरल्याण्डले जर्मनीसंग खेल्नेछ । बेलारुसको ४ र इस्टोनियाको १ अंक छ ।
अन्य समूहको नतिजा यस्तो छ–
समूह इको खेलमा अजरबैजान ०–२ वेल्स
क्रोएसिया ३–१ स्लोभाकिया
समूह जीको खेलमा स्लोभेनिया १–० लात्भिया
अष्ट्रिया २–१ नर्थ मासेडोनिया
इजरेल १–२ पोल्याण्ड
समूह आईको खेलमा साइप्रस १–२ स्कटल्याण्ड
रसिया १–४ बेल्जियम (एडेन हाजार्ड २, थोर्गान हाजार्ड र रोमेलु लुकाकु)
सान मारिनो १–३ काजखस्तान