arrow

युरोकपका ७ खेलमा १८ गोल, को को छानिए ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७६ मंसिर २ सोमबार
france-football-euro.jpg

काठमाडौं । युरोकप फुटबलमा आइतबार राति ७ खेल भएका छन् । समूह ए, बी र एचका खेलहरु सम्पन्न भएका छन् । तीन समूहबाट युरोकपमा छानिने ६ टिमको पनि टुंगो लागेको छ । 

समूह एबाट इंगल्याण्ड र चेक रिपब्लिक युरोकपमा छानिएका छन् । समूहका सबै खेल खेल्दा इंगल्याण्डले १ खेलमात्र हार्यो । २१ अंकसहित इंगल्याण्ड शीर्ष स्थानमा रहेर युरोकपमा छानियो । 

चेकले १५ अंक बटुल्दै उपविजेता बन्दै युरोकपमा छानियो । कोसोभो, बुल्गेरिया र मोन्टेनेग्रो बाहिरिए । 

समूह बीबाट युक्रेन (२० अंक) र पोर्चुगल (१७ अंक) छानिँदा सर्विया, लग्जेम्बर्ग र लिथुआनिया बाहिरिएको छ । 

समूह एचबाट फ्रान्स (२५ अंक) र टर्की (२३ अंक) छनोट हुँदा आइसल्यान्ड, अल्बानिया, एन्डोरा र मोल्डोभा बाहिरिएका छन् । 

आइतबार रातिको नतिजा–
बुल्गेरिया १–० चेक रिपब्लिक
कोसोभो ०–४ इंगल्याण्ड (ह्यारि विंकस, ह्यारि केन, मार्कस रास्फोर्ड र मासन माउन्ट) 
सर्बिया २–२ युक्रेन
लग्जेम्बर्ग ०–२ पोर्चुगल (ब्रुनो फर्नान्डेस र क्रिस्टियानो रोनाल्डो)
अल्बानिया ०–२ फ्रान्स (कारेन्टिन टोलिस्सो र एन्टोइन ग्रेजम्यान)
एन्डोरा ०–२ टर्की
मोल्डोभा १–२ आइसल्यान्ड 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ