arrow

युरोकपका ८ खेल ३६ गोल, को को छानिए ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७६ मंसिर ३ मंगलबार
italy-football2.jpg

काठमाडौं । युरोकप छनोट फुटबल अन्तर्गत सोमबार राति ८ खेल भएका छन् । ८ खेलबाट ३६ गोल भएको छ । खेलमा इटाली र स्वीट्जरल्याण्ड बर्सिएका छन् । 

यी खेलसंगै समूह डी, एफ र जेबाट पनि अर्को वर्ष हुने युरोकपको छनोट पूरा भएको छ । 

समूह डीबाट स्वीट्जरल्याण्ड र डेनमार्क युरोकपमा छानिएका छन् । आयरल्याण्ड, जर्जिया र जिब्राल्टार बाहिरिएका छन् । 

समूह एफबाट स्पेन र स्वीडेन छनोट हुँदा नर्वे, रोमानिया, फारोइ आइल्याण्ड र माल्टा बाहिरिएका छन् । 

समूह जेबाट इटाली र फिनल्याण्ड छनोट हुँदा ग्रीस, बोस्निया हर्जगोबिना, अर्मेनिया र लिचटेन्सटेन बाहिरिएका छन् । इटालीले सबै खेल जितेको छ । 

यस्तो छ नतिजा–
जिब्राल्टार १–६ स्वीटजरल्याण्ड (सेड्रिक इटेन–२ गोल)
आयरल्याण्ड १–१ डेनमार्क
माल्टा १–२ नर्वे
स्पेन ५–० रोमानिया
स्वीडेन ३–० फारोइ आइल्यान्ड
ग्रीस २–१ फिनल्यान्ड
इटाली (सिरने इमोबाइल र निकालो जानिओलो २–२ गोल) ९–१ अर्मेनिया
लिचटेन्सटेन ०–३ बोस्निया एन्ड हर्ज गोबिना


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ