arrow

जावलाखेल युवा क्लबको प्रायोजक प्रभु बैंक

logo
प्रकाशित २०७६ मंसिर २९ आइतबार
pra1.jpg

काठमाडौं।  प्रभु बैंक जावलाखेल युवा क्लबको मुख्य प्रायोजक रहने भएको छ।  होटेल भिवान्तामा भएको एक कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र जावलाखेल युवा क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले प्रायोजन सम्बन्धी उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात् जावलाखेल युवा क्लबलाई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत दुई किस्ता गरी नगद २५ लाख उपलब्ध गराउने र क्लबले भाग लिने सम्पूर्ण प्रतियोगिताहरुमा प्रभु बैंक जावलाखेल युवा क्लबको नामले सहभागिता जनाउनेछ । 

जावलाखेल युवा क्लबले प्रभु बैंकमा आफ्नो नाममा खाता खोली सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्फत गर्ने जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ