arrow

प्रभु बैंक र भेनस हस्पिटलबीच विशेष छुट सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २९ शनिबार
prabhu-bank-venus-hosptial-mou.jpg

काठमाडौं। प्रभु बैंक लिमिटेड र भेनस हस्पिटल प्रालिबीच बैंकका ग्राहक तथा कर्मचारीलाई अस्पतालको सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ। काठमाडौं, मध्यबानेश्वरस्थित भेनस हस्पिटल प्रालिमा आयोजित एक समारोहका बीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौतापत्रमा भेनस हस्पिटलका तर्फबाट जनरल म्यानेजर मनीषा ढकाल र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दीपेन्द्र बाबु विष्टले हस्ताक्षर गरे। उक्त कार्यक्रममा प्रभु बैंक बानेश्वर शाखाका प्रमुख रचिता विष्ट र भेनस हस्पिटलकी प्रशासन प्रमुख मनीषा न्यौपानेको पनि उपस्थिति रहेको थियो।

सम्झौताअनुसार, प्रभु बैंकका ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा उनीहरूका पारिवारजनले भेनस हस्पिटलमा उपचार गर्दा फार्मेसी, हेल्थ प्याकेज, डायग्नोस्टिक सेवा लगायतका सुविधामा ७% देखि १५% सम्मको छुट पाउनेछन्। छुट पाउनका लागि ग्राहकहरूले प्रभु बैंकको डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड वा क्युआरमार्फत भुक्तानी गर्न सक्नेछन्। भेनस हस्पिटलले रेडियोलोजी, प्याथोलोजी, अन्तरङ्ग तथा बहिरङ्ग सेवा पनि उपलब्ध गराउँदै आएको छ।

भेनस हस्पिटलले केही दशकदेखि आकस्मिक उपचार, सघन उपचार, पेन मेडिसिन लगायतका स्तरीय स्वास्थ्य सेवा एकै छानामुनि प्रदान गर्दै आएको छ। स्वास्थ्यप्रति सचेत नागरिकहरूका लागि अस्पतालले विभिन्न स्वास्थ्य परीक्षण प्याकेजहरूमार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श र उपचार सेवाको व्यवस्था गरेको छ।

त्यसैगरी, प्रभु बैंकले नेपालभर ३१५ शाखा, २८६ एटीएम, र ६९ एक्सटेन्सन काउन्टरमार्फत ३१ लाखभन्दा बढी ग्राहकलाई 'विश्वास लिन्छौँ, विश्वास दिन्छौँ' भन्ने नारासहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हालै "बैंक अफ द इयर २०२३" को उपाधि जितेको प्रभु बैंकले आधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा दिँदै फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डसमेत प्राप्त गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ