arrow

प्रभु बैंक लिडरशिप कन्क्लेभ नेपालका दुई विधामा सम्मानित 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ७ सोमबार
prabhu-bank-reward-81-6-7.jpg

 काठमाडौँ । पछिल्लो समयमा विभिन्न किसिमका विद्युतीय भुक्तानी सम्बन्धी सेवाहरुको विस्तारमा आक्रामक रहेको प्रभु बैंक लिमिटेड भिजा ईन्टरनेशनलद्धारा आयोजित भिजा लिडरशिप कन्क्लेभ नेपाल २०२४ मा दुई विधामा सम्मानित भएको छ । 

बैंक एक्सिलेन्स इन कन्जुमर डेबिट कार्ड बिजनेस र एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन गरी दुई विधामा सम्मानित भएको हो । 

भिजा एफिलिएट सदस्यता श्रेणीको रूपमा भिजा नेटवर्कमा भिजा उपभोक्ता डेबिट कार्डको व्यवसायमा उत्कृष्टता बापत पहिलो अवार्ड प्राप्त भएको हो भने दोस्रो अवार्ड एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन पूर्ण नविनतम सुविधासहितको प्रभु भिसा बिजनेश डेबिट कार्डको पहिलो ब्यपसायिक सेवा विस्तारसँग सम्बन्धित छ ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको प्रभु भिजा बिजनेश डेबिट कार्ड सेवा अन्तर्राष्ट्रिय रुपमै एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार हो जहाँ ब्यवसायिक कारोबारको भुक्तानी सरल र सुरक्षित तरिकाले विद्युतीय भुक्तानीको माध्यमबाट गरिन्छ । 

प्रभु भिजा बिजनेश डेबिट कार्ड प्रभु बैंकमा चल्ती खाता खोली कारोबार गर्ने–गरिरहेका खाताधनीहरुलाई लक्षित गरी डेबिट कार्ड सम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले प्रभु भिजा बिजनेश डेबिट कार्ड सेवाको थालनी गरीएको हो ।

भिजा बिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजन लागिमात्र लक्षित रहेको बैठकले जनाएको छ । 

बैंकले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कर्पाेरेट र व्यापारिक घरानाहरू, फर्महरू, कम्पनीहरू, स्कूल तथा कलेज र विश्वविद्यालयहरू, होटल र रेस्टुरेन्टहरू, अस्पतालहरू आदिमा सीमित हुन सक्दछन् जसले आफ्ना व्यापारीहरू, विक्रेताहरू, आपूर्तिकर्ताहरू र सेवा प्रदायक आदिलाई नियमित रूपमा साना र ठूला भुक्तानीहरू गर्दछन् ।’

“बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढस् ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने म्रल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले जनाएको छ । 

बैंक छोटो समयको अन्तरालमा नै फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको थियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ