arrow

प्रभु बैंक र समाज डेन्टल हस्पिटलबीच विशेष छुट सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३२ शुक्रबार
prabhu-bank-samaj-dental.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिका, वडा नं ३१, बानेश्वरस्थित समाज डेन्टल हस्पिटल प्रालि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई समाज डेन्टल हस्पिटल प्रालिको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

समाज डेण्टल हस्पिटल र प्रभु बैंकबीच ग्राहकहरुलाई लक्षित गरी दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको हो । प्रभु बंैकका कर्मचारी र कर्मचारीका परीवारजन तथा ग्राहकहरुले क्रमशः १५ प्रतिशत र १० प्रतिशत छुट, समाज डेण्टल हस्पिटलका सम्पूूर्ण शाखाहरुमा यो सेवा प्राप्त गर्न सक्नेछन् । 

उक्त सम्झौतामा समाज डेण्टल हस्पिटलकी निर्देशक श्रेया पाँडे र प्रभु बैंकका बागमती प्रदेश प्रमुख सुदेशकुमार देवकोटाको संयुक्त हस्ताक्षर रहेको छ । 

“बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्पmत करिब ३५ लाख भन्दा बढी ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ । 

बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको जनाएको साथै छोटो समयको अन्तरालमा नै फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ