arrow

प्रभु बैङ्क र ब्लु कस हस्पिटलरबीच विशेष छुट सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २६ बुधबार
prabhu-bank-mous-blue-cross-hospital-2081.jpg

काठमाडौं। प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले अब ब्लु क्रस अस्पतालमा विशेष छुट पाउने भएका छन्। काठमाडौँ, त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल प्रालि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो।

सम्झौतामा ब्लु क्रस अस्पतालका तर्फबाट सदस्य-सचिव रजत श्रेष्ठ र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दीपेन्द्र बाबु विष्टले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार, प्रभु बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी र उनीहरूका परिवारजनले ब्लु क्रस अस्पतालमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ओपिडी टिकट, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवामा ५% देखि १२% सम्म छुट पाउनेछन्। बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, भिलेज कार्ड तथा क्युआरमार्फत भुक्तानी गरी छुट सुविधा प्राप्त गर्न सक्नेछन्।

ब्लु क्रस अस्पतालले केही दशकदेखि निरन्तर स्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ। आकस्मिक उपचारदेखि सघन उपचार, पेन मेडिसिन लगायतका सेवाहरू एकै छानामुनि उपलब्ध गराउँदै आएको यो अस्पतालमा नियमित स्वास्थ्य परीक्षणका लागि विभिन्न प्याकेजहरू पनि उपलब्ध छन्।

त्यस्तै, हालै "बैंक अफ द इयर २०२३" उपाधि प्राप्त प्रभु बैंकले नेपालभर ३१५ शाखा, २८६ एटिएम, र ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने नाराका साथ बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ। प्रभु बैंकले छोटो समयमै फिनाकल ईन्फोसिस इनोभेसन गोल्ड-२०२४ अवार्डसमेत प्राप्त गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ