arrow

बग्दादमा विष्फोट, इराक–इरान बदलाको भावमा, ट्रम्प अझ कठोर

logo
प्रकाशित २०७६ पुष २० आइतबार
suleman.jpg

काठमाडौं। इरानी कमान्डर कासिम सुलेमानीलाई अमेरिकाले मारेपछि ईराक र इरान आक्रामक बनेका छन्। बदलाको भावना लिएर दुवै देश उत्रिएका छन्। अमेरिका पनि सचेत भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी सेनाले हवाइ हमला गरी सुलेमानीको हत्या गरेको थियो। उनको शनिबार गरिएको शवयात्रापछि भने इराकको राजधानी बगदाद क्षेत्रमा रकेट हमला भएका छन्।

बग्दादस्थित अमेरिकी दूतावास नजिकै रकेट हमला भएको हो। कुनै हताहती नभएको इराकी सुरक्षा अधिकारीले बताएका छन्। उक्त घटनामा इरान समर्थित आतंकवादीहरु संलग्न रहेको आशंका गरिएको छ। त्यसैगरी आक्रमणकारीले उत्तरी बग्दादमा रहेको अमेरिकी सैन्य क्याम्पमा समेत हमला भएको बीबीसीले बताएको छ।

सुलेमानीको शवयात्रामा हजारौं सहभागी
सुलेमानीको शवयात्रमा हजारौं सहभागी भएका छन्। सुलेमानीको शोक तीन दिनसम्म मनाइएको छ। इरानी समर्थक कटाइब हिज्बुल्लाह समूहका कमाण्डर र सोलेमानीसँगै मारिएका इराकी अबु महदी अल मुहंडिसको मृत्युमा इराकमा पनि शोक मनाइएको छ। इरानले बदला लिन धम्की दिएको भन्दै अमेरिकाले मध्यपूर्वमा तीन हजार भन्दा बढी सैनिक पठाएको छ भने स्थानीयलाई इराक छोड्न सेनाले दवाव दिएको बताइएको छ।

“अमेरिकी नागरिकको रक्षाका लागि अमेरिकी राष्ट्रपतिको निर्देशनमा भएको सुरक्षा कारवाहीका क्रममा कासिमको मृत्यु भएको हो,” पेन्टानगनद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको थियो। मन्त्रालयका अनुसार क्वासिम बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै मारिएको हो। वासिङ्टन र तेहरानबीच पछिल्ला केही महिनायता विवाद चर्किरहेको बेला अमेरिकी सेनाको कारबाहीमा परी उनीहरु मारिएका हुन्। 

ट्रम्प अझ कठोर बन्ने

इराकस्थित अमेरिकी दूतावासमा केहीदिन पहिले आक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई “ठूलो मुल्य चुकाउनु पर्ने” चेतावनी दिएका थिए। ट्रम्पले इरानका ५२ साइटमा आक्रमण गर्ने योजना बनाएको बताएका छन्। तेहरानले अमेरिकी नागरिक र अमेरिकी सम्पत्तिमाथि आक्रमण गरे तत्काल कडा कदम चाल्ने चेतावनी उनले दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ