arrow

साउदीबाट पैसा पठाउदाँ सिटी एक्सप्रेस मनी ट्रान्सफरको उपहारै उपहार

logo
प्रकाशित २०७६ माघ १७ शुक्रबार
city-express-money-express.jpeg

काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफर र साउदी अरबको बैंक अलबिलाद एन्जाजबीच साउदीबाट पैसा पठाउने नेपाली उपभोक्ता लक्षित उपहार योजना सार्वजनिक गरेका छन्।

सिटी र अलबिलादको सहकार्यमा साउदीमा रहेका नेपाली उपभोक्ताहरुले नेपाल पैसा पठाउदा ति उपहार पाउने छन्। यो योजना एन्जाज च्यानल र बैंक अबिलादको इ–च्यानल –अल्बिलाद मोबाइल एप, अल्बिलाद नेट, अल्बिलाद एटिएम, एन्जाज सेल्फ सर्भिस मेसिन, एनजाजपिओएस, एन्जाज सेन्टरमा उपलब्ध छ।

सो योजना अन्तर्गत ६ जना भाग्यशाली बिजेताहरुले निशुल्क हवाई टिकट (विश्वको जुन सुकै ठाउँ), २४ जनाले ५ ग्राम सुन कासिक्का, ४५ जनाले सिटी म्याक्सको सपिङ भाउचर र अन्य आर्कषक पुरस्कारहरु जित्ने सिटी एक्सपेस मनि ट्रान्सफरले बजाएको छ। यो योजना ३ महिनाको लागि जनवरी ३० देखी अप्रिल ३० सम्म लागु कम्पनीले जनाएको छ।



नयाँ