बुद्धको हत्या गर्न चाहाने डाकु अंगुलिमाल यसरी बने भिक्षु

महान पुरुषको सत्संगबाट हृदय परिवर्तन

बुद्ध प्रकाशित मिति : २०७६ माघ २८ मंगलबार

काठमाडौ । महात्मा बुद्धको समयमा अंगुलिमाल नामका एक डरलाग्दा डाकु थिए । मगध राज्यमा एक सोनापुर नामको गाँउ थियो। त्यस गाँउका मानिसहरु साँझ पर्न लाग्दै घरमा फर्किन्थे र बिहान हुनुपूर्व कोहि पनि घर बाहिर कदम राख्दैन थिए। त्यसको कारण उहि डाकू अंगुलीमाल थिए। अंगुलिमाललाई कोशल नरेश प्रसेनजितले सयौं घोडसवार र सैनिकद्वारा पक्रन सकेनन्। यस्ता दुर्दान्‍त व्यक्ति थिए अंगुलिमाल ।

मानिसहरु अंगुलिमालको नाम सुनेर डराउथे । जुन जंगलमा उनि बस्थे,  त्यसमा झुण्ड वा समूहमा पनि अस्त्र शस्त्र लिएर जाने कसैको हिम्मत हुदैन थियो । उनि मानिसहरुको हत्या गरेर उनिहरुको औलाहरुको माला लगाउथे । डाकू अंगुलीमाल मगधको जंगलमा गुफामा बस्थे । उनि मानिसहरुलाई लुट्थे र हत्या गर्थे।

मानिसहरुलाई डराउनको लागि उनि जुन व्यक्तिको हत्या गर्थे उसको एक औला काटेर औलालाई माला बनाएर लगाउथे । यसकारण उनको नाम अंगुलिमाल थियो । गाँउका सबै मानिसहरु त्रसित थिए। उनिहरु डाकुको आतंकबाट छुटकारा चाहन्थे।

एक दिन गौतम बुद्ध त्‍यस गाँउमा पुगे। गाँउका मानिसहरु उनको आवभगत गर्न थाले । गौतम बुद्धलाई लाग्यो गाँउका मानिसहरु कुनै कुरालाई लिएर चिन्तित छन् ।  तब गौतम बुद्धले गाँउलेहरुलाई चिन्ताको कारण सोधे। गाँउलेहरुले  अंगुलिमालको आतंकको पुरै किस्सा उनलाई सुनाए ।

भोलिपल्ट महात्मा बुद्ध त्यसै जंगलतर्फ विहारको लागि निस्किए । किसान र ग्रामीण नागरिकहरुले उनलाई त्यहाँ नजान आग्रह गरे । उनका शिक्षुहरुले यस्तो दुसाहस नगर्न भने। तर बुद्धको कदम अंगुलिमाल बस्ने जंगलतर्फ निर्भयका साथ अघि बढ्यो।

अंगुलिमालले  टाढाबाट देखे एक गेरु वस्त्रधारी, प्रशान्त पुरुष निर्भयतापूर्ण आइरहेका छन् । उसले सोचे, 'झुण्डमा पनि जहाँ आउन कुनै मानिसहरुको हिम्मत हुदैन यहाँ एक्लै को आउदैछ ।'

उनले हातमा बुद्धको हत्याको लागि तलवार लिए र बुद्धको तर्फ दौडिदै भने ,'रोक !'

बुद्धले भने,' म त धेरै पहिले नै रोकिएको छु, तर तिमी कहिले रोकिनेछौ ?' उसले केहि पनि बुझेनन् ।

अंगुलिमालले भने,' सन्यासी तिमीलाई मसँग डर लाग्दैन । सारा मगध मसँग डराउछ। तिमीसँग जे जे छ निकाल नत्र  तिमी मारिनेछौ । म यस राज्यको सबै भन्दा शक्तिशाली व्यक्ति हूँ।'

बुद्ध अलिकति पनि डराएनन् र भने, 'म यो कसरी मानु कि  तिमी यस राज्यको सबैभन्दा शक्तिशाली मानिस हौ । तिमीले यो प्रमाणित गर्नुपर्नेछ।'

अंगुलिमालले भने - “ कसरी साबित गर्ने ?”

बुद्धको निकट पुगेर उसले भने,' अब म तिमक्रो हत्या गर्न गइरहेको छु, भन तिम्रो अन्तिम इच्छा के छ ?'

बुद्धले हास्दै भने,' यस नजिक रहेको रुखको दुई पत्ता देउ ।'

अंगुलिमाल रुखको हांगा लुछेर बुद्धको हातमा दिए । बुद्धले दुई पत्ता चुडेर अंगुलिमाललाई दिदै भने,' लेउ यसलाई रुखमा जोड ।'

विस्मित भएर उनले बुद्ध तर्फ हेरेर भने, 'जुन हांगा रुखबाट अलग भएको छ त्यसलाई कसरी जोड्न सकिन्छ ?'

बुद्धले भने,'मैले त तिमीसँग दुई पात मागे तिमीले पुरै हांगा किन तोड्यौ, फेरि तिमी जसलाई जोड्ने शक्ति राख्दैनौ त्यसलाई किन तोड्छौ ? जुन मानिसहरुको औलालाई तिमी जोड्न सक्दैनौ त्यसलाई तिमी किन काट्छौ ? तिमी मलाई भन्दै थियौ रोक भनेर तर तिमी यस दुष्कर्मबाट कहिले रोकिन्छौ ? तिम्रो अशान्त र चंचल मन कहिले रोकिन्छ ?'    

बुद्धको वाणीले अंगुलिमालको हृदयलाई परिवर्तन गरिदियो। उसले बुद्धको चरण पक्रिए। क्षमा माग्दै शरणको भीख मागे। महात्मा बुद्धले उसलाई अभयदान दिए। उनले अंगुलिमाललाई आफ्नो संघको भिक्षु बनाए आत्माज्ञान प्रदान गरेर साँचो साधु बनाए। उसको दानवी प्रवत्तिलाई दैवी प्रवृत्तिमा बदलि दिए । उसलाई हिंसकबाट अहिंसक बनाए ।

पछि यिनै अंगुलिमाल धेरै ठुला सन्यासी बने र अहिंसाको नामबाट प्रसिद्ध भए । वास्तवमा यसरी सतपुरुषहरुको सत्संगबाट जस्तोसुकै पाषाण हृदय पनि परिवर्तन हुन्छ ।

यो प्रसंग मानिस जति नराम्रो भएपनि बदलिन सक्छ भन्ने हो । अंगुलिमाल नकारात्मकको एक प्रतीक थिए तर बुद्धको सत्संगबाट उनि अहिंसाका प्रतिक बने । बुद्धले उनलाई सत्यको संगत गराए। साधु सन्तको संगत गराएर उनको जीवनमा ठूलो परिवर्तन आयो । यसरी नै हामी पनि सत्संगबाट आफ्नो हृदयलाई परिवर्तन गर्न सक्नेछौ । सत्यलाई जान्न सक्नेछौ ।

नयाँ