arrow

बालुवाटार प्रकरणमा सर्वोच्चको अख्तियारलाई प्रश्न- पूर्व प्रमलाई किन चलाइएन मुद्दा ?

logo
हाम्रा कुरा
प्रकाशित २०७६ फागुन २ शुक्रबार
makune-baburam.jpg

काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा बाबुराम भट्टराईमाथि किन मुद्दा नचलाएको भन्दै सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग कारण मागेको छ ।

प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले मुद्दा नचलाइनुको कारण पन्ध्र दिन भित्र सर्वोच्‍चमा पेश गर्न अख्तियारलाई आदेश दिएको छ ।

 ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरु नेपाल र डा ट्टराईमाथि पनि मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।

उक्त प्रकरणमा मुछिएका हाइप्रोफाइल नेपाली कांग्रेसका उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारसहित एक सय ७५ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरिए पनि दुई पूर्वप्रधानमन्त्री छुटेको भन्दै रिट दायर गरिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय गलत भएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेपाल र भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन मागसहित रिट निवेदन दायर गरेका थिए  ।

भ्रष्टाचार गर्ने र सम्पत्ति अपचलन गर्नेलाई नभई मन्त्रिपरिषद बैठकले गरेको निर्णयमा नेपाल र भट्टराईलाई कसरी चोख्याउन मिल्छ भन्दै  उनीहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउनु पर्ने माग हुदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ