arrow

करोडौँ हसुरेको आरोपमा सुनील पौडेलविरुद्ध मुद्दा, ३४० पृष्ठ लामो आरोपपत्र [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ११ मंगलबार
sunil-poudel-corruption-208.jpg

काठमाडौँ । सूचना र प्रविधिको क्षेत्रमा क्रियाशील रहेका सुनील पौडेल र विकल पौडेल पेशागत रुपमा अवशानको बाटोमा पुगेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेसँगै उनीहरू पेशागत अवशानको बाटोमा मात्र गएका छैनन् आईटीको क्षेत्रमा काम गर्ने इन्जिनियर र पेशाकर्मीहरूलाई समेत प्रश्नको घेरामा राखेका छन् ।

खासगरी कोटशेनमार्फत समान खरिद गर्ने र कमिशन वापतको रकम विदेशी बैंकमा राखेको प्रमाणले सरकारी क्षेत्र त्रस्त बनेको छ । पौडेलद्वयले आफू कार्यरत रहेको स्थानमा बस्दा शक्ति केन्द्रको आडमा करोडौँ रुपैयाँ घुस लिएको र सो वापतको रकम विदेशी बैंकमा राखेको खुलेको हो । 

सुनिल पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक रहँदा टेन्डरको कोटेसन बनाइ योजनाबद्ध रूपमा आफैंले चाहेको कम्पनीहरूसँग ठेक्का लगाएको पनि खुलेको छ । 

मिलेमतोमा ठेक्का लगाएबापत पौडेलले कमिसन रकम सिंगापुरका युनाइटेड ओभरसिज बैंकमा खाता खोली व्यवस्थापन गरेको र पछि बैंकबाट रकम ट्रान्सफर गरी दाइ अनिलमार्फत घरजग्गामा लगानी गरेको भेटिएको अख्तियार जनाएको छ । अख्तियारले अनिललाई पनि सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाएको छ ।

पौडेलले २०७७ र २०७८ सालमा मात्रै काठमाडौँ र भक्तपुरका ७ ठाउँ र २०७४ मा पाल्पामा एक ठाउँमा आफन्तका नाममा जग्गा खरिद गरेका थिए । अहिले सुनीलका दाइ अनिल र शंकित शीतल पौडेलका नाममा भक्तपुरमा मात्रै सरकारी मूल्य ६ करोडभन्दा बढी कायम गरिएका ४ ठाउँमा जग्गा देखिएको छ । 

यो जग्गा पनि अकुत सम्पत्तिबाट आर्जन भएको अख्तियारको दाबी छ । पौडेलले भ्रष्टाचारको सम्पत्ति सिंगापुरको बैंकमा जम्मा गरेपछि त्यहीँबाट आफन्तका नाममा ८ करोड ७९ लाख रुपैयाँ ट्रान्सफर गरेको देखिन्छ ।

सुनीलले आफूलाई दाइले सापटीबापत रकम दिएको भन्दै अनियमितता नगरेको जिकिर गरेका छन् तर कसूर पुष्टि भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले स्रोत नखुलेका सम्पत्तिबाट बढे बढाइएको अनिल र शंकित पौडेलका नाममा भएका घरजग्गा जफत गर्न पनि मागदाबी लिएको छ । 

अख्तियारले दायर गरेको आरोपमा पत्रमा उल्लेख भएअनुसार सिंगापुरको युनाइटेड ओभरसिज बैंक (यूओबी)मा पौडेलको नामको खाता नम्बर ३८०–९४८३१०८ मा ११ पटक रकम जम्मा भएको छ । 

त्यसबेला ९ करोड ३० लाख ९७ हजार ७२२ रुपैयाँ जम्मा भएको छ । पौडेलको खातामा २०७६ पुस १५, २०७६ चैत १४, १९ र २५ गते रकम जम्मा भएको छ । यस्तै, २०७७ वैशाख १५, जेठ १४, जेठ ३० र पुस १६ मा पनि रकम जम्मा भएको थियो । 

त्यस्तै, २०७८ पुस १६, १९ र २३ गते यूओबी बैंकमा रहेको उनको खातामा रकम जम्मा भएको भेटिएको अख्तियार स्रोतले जनाएको छ ।

त्यस्तै युनाइटेड ओभरसिज बैंकको खाता नम्बर ३८०–३८०–९४८३१०८ र ४२६३९१०२२७ मा ७ पटक रकम जम्मा भएको थियो । 

त्यसबेला ४ करोड २ लाख ७२ हजार ८ सय २८ रुपैयाँ जम्मा भएको थियो । २०७६ चैत १२, १४, १७ र २०७७ साउन १२ गते तथा २०७८ साउन १८, भदौ ९ र मंसिर २० मा रकम जम्मा गरेको अख्तियारको अनुसन्धानबाट पुष्टि भएको छ ।

२०७६ पुस १६ र ०७७ भदौ १८ मा युनाइटेडको खाता नम्बर ३८०–९४८३१०८ र ३०८–०२६–१७६–५ मा २० लाख २५ हजार ६ सय ७६ रुपैयाँ जम्मा भएको थियो । 

विदेशी बैंकमा खाता खोल्न पौडेलले राष्ट्र बैंकको समेत स्वीकृति नलिएको अख्तियारको अनुसन्धानले देखाएको छ । बैंकमा खोलिएका ३८०–९४८३१०८ र ४२६–३९१–०२२–७ बचत खाता हुन्। ३८०–०२६–१७६–५ मुद्दती खाता हो ।

पौडेलले अवैध रूपमा विदेशी बैंकमा पैसा राखेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक भएको बेला पौडल आफैंले टेन्डरहरूको कोटेसन बनाई योजनाबद्ध ढंगले आफैंले चाहेको स्वदेशी आपूर्तिकर्ता डब्ल्यूडीएन, ओबीसीआई, एमएएक्स (म्याक्स), नेक्सट जेन सोलुसनलाई ठेक्का दिएका थिए ।
डब्ल्यूडीएलाई २०७५–०७६ मा १४ करोड ८४ लाख ६ सय ४० रुपैयाँँ र २०७६–०७७ मा ३० करोड ६५ लाख ५५ हजार ७ सय ६३ रुपैयाँँको ठेक्का दिएका थिए । 

त्यस्तै ओबीसीआईलाई २०७५–०७६ मा ९६ लाख ५ हजार र २०७५–०७६ मा नै अर्को ठेक्का ९ करोड ९० लाख ४४ हजार ५ सय रुपैयाँँको दिएका थिए । यस्तै, पौडेलले सूचना प्रविधिसम्बन्धी कामका लागि ओबीसीआईलाई नै २०७६–०७७ मा २९ करोड ८० लाख ९४ हजार तथा ९ करोड ८९ लाख ८८ हजार ५ सय ६५ को ठेक्का दिएका थिए । 

२०७७–०७८ मा ओबीसीआई नै १ करोड ९२ लाख ११ हजार १ सय ३० रुपैयाँँको ठेक्का दिलाएको अख्तियारको अनुसन्धानबाट देखिएको छ । 

त्यस्तै, म्याक्सलाई २०७५–०७६ मा २६ करोड २१ लाख ६० हजार, ०७६–७७ मा ५१ करोड ८६ लाख ७० हजार र २०७७–०७८ मा ७३ करोड ८८ लाख ९८ हजार ७ सय ४० रुपैयाँँको ठेक्का दिएको थियो । 

२०७६–०७७ मा नेक्स्ट जेन कम्पनीलाई तीन वटा फरकफरक ठेक्का दिएका थिए । जसमा १५ करोड ६६ लाख ६४ हजार ३ सय ३० रुपैयाँँ, २ करोड ३५ लाख ४ हजार र अर्को ९ करोड ८७ लाख ९८ हजार ५ सयको ठेक्का दिएको पाइएको छ । 

त्यस्तै, नेक्स्टलाई नै २०७७–०७८ मा ३ करोड ७७ लाख ९८ हजार ५ सयको एउटा, २०७८–०७९ मा ९ करोड १२ लाख ७५ हजार ६ सय ३७ र १ करोड ३१ लाख ९२ हजार ७ सय ५० को ठेक्का दिएको अख्तियारले पेश गरेको आरोप पत्रमा उल्लेख छ ।

त्यसैगरी यूनाइटेड ओभरसिजको इमेलबाट पौडेलको ई–मेलमा विभिन्न कम्पनीबाट गैरकानुनी कमिसनबापत २०२१ मार्च २८ देखि २०२२ जनवरी ११ सम्म १२ वटा कारोबार भएको छ। यो अवधिमा पौडेलको नाममा ९ लाख ४० हजार अमेरिकी डलर अर्थात (८ करोड ३१ लाख ८६ हजार ९ सय ५० रुपैयाँ) ट्रान्सफर गरेको पाइएको छ।

पौडेलले आफ्नो खाताबाट सिंगापुरमा बस्ने सायद ताहिर साहलगायतको खातामा ३५ लाख ३० हजार ५ सय १८ र ज्योत्साना शर्माको खातामा ११ करोड ९४ लाख १२० रुपैयाँ टान्सफर गरेको अख्तिायरले अदालतमा पेश गरेको चार्टमा स्पष्ट छ ।

पौडेलले विभिन्न कम्पनीबाट युनाइटेड ओभरसिज बंैकमा रहेको आफ्नो खातामा जम्मा भएको रकम विदेशमै रहेका व्यक्तिको खातामा टान्सफर गरी विदेशमा नै कारोबार गरेको अख्तियारको अनुसन्धानले उल्लेख गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ