arrow

सुगत रत्न कंसाकारको यस्तो छ अख्तियारमा दिएको बयान

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २२ बिहिबार
sugat-ratna-kansakar.jpg

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको  छ। बिहीबार अख्तियारले तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगत कंसाकर, पूर्व पर्यटन सचिव शङ्कर अधिकारीलगायत ३२ जना विरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो।

वाइडबडी जहाज खरिद प्रकरणमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको ठहर छ। यस्तो छ सुगत रत्न कंसाकारको  अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएको  बयान:

विसं. २०३१ देखि २०६५ सम्म नेपाल टेलिकममा, वि.सं. २०६६ देखि २ वर्ष नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष तथा वि.सं. २०७२ देखि हालसम्म निगमको महाप्रबन्धक पदमा कार्यरत रहेको, निगमको कार्यकारी प्रमुखको हैसियतले A330-200 विमान खरिदसंग सम्बन्धित व्यापारिक योजना, लगानी श्रोतको व्यवस्था, प्राविधिक सर्त सहित RFP तयार गर्ने, बोलपत्र आव्हान, मूल्याङ्कन, बोलपत्रदाताको छनौट, संचालक समितिमा पेश गर्नुपर्ने एजेण्डा तयार गर्ने आदी सम्पूर्ण कार्यहरु बहन गरेको ।निगमको आर्थिक विनियमावली २०६५ लाई मुख्य र सार्वजनिक खरिद ऐन तथा नेपाल वायुसेवा निगम ऐन २०१९ लाई पनि आधार मानेर विमान खरिद प्रक्रिया अघि बढाइएको, सार्वजनिक खरिद ऐन २०६३ को दफा १३ को उपदफा (२क) अनुसार RFP मा निगमले आवश्यकता, व्यवस्थापकीय क्षमता, प्राविधिक मूल्याङ्कन आदिको आधारमा आवश्यक ठानेको सवै कुराहरु सहित १००० घण्टासम्म उडान गरेको र जनवरी २०१४ भन्दा पछि निर्माण भएको विमान हुनुपर्ने सर्त तोकेको, यसरी सर्त तोक्नु कानुन सम्मत हुने भनी सम्मानित सर्वोच्च अदालतको २०७४ मंसिर २७ को फैसलाले बोलिसकेको, निगमको हितलाई सर्वोपरी राखी ऐनको भावना अनुसार सक्दो बढी प्रतिस्पर्धा होस् भनी Criteria अथवा Specification समावेश गरिएको, आर्थिक विनियमावलीको विनियम २३६ को उपविनियम (२) बमोजिम बोलपत्र आव्हान गरिएको हुँदा १००० घण्टा भन्दा बढी नचलेको भए पुरानो विमान पनि स्वीकार्य हुने मनसायले RFP जारी गरिएको, १००० घण्टा ननाघेको भन्नाले सून्य घण्टा अथवा Brand New विमान पनि प्रस्ताव गर्न पाउने स्वत: देखिने । खरिद ऐनको दफा ४ को उपदफा (३) अनुसार उल्लेख नगरी नहुने अवस्थामा कुनै ब्राण्ड र उत्पादकको नाम उल्लेख गर्न सकिने भएको, विमानको हकमा हवाई सूरक्षा असाध्यै संवेदनशिल र महत्वपूर्ण हुने र त्रिभुवन विमानस्थल Kathmandu Valley भित्र (चारैतिर पहाडले घेरेको) परेको हुँदा विमानलाई उडाउने यन्त्रको रुपमा इन्जिनको शक्ति (Thrust Power) निकै महत्वपूर्ण हुने भएकोले Market मा उपलब्ध इन्जिनहरु मध्ये सवभन्दा बढी Thrust Power भएको इन्जिन छानिएकोले RFP मा A330-200 Jet Aircraft with Rolls Royce Trent 772B भनेर किटान गरिएको । Aviation को दुनियाँमा विमान खरिद गर्न आव्हान गर्ने Tender लाई Tender शब्द प्रयोग नगरिकन Request for Proposal भन्ने चलन वा International Practice रहेकोले सो बमोजिम सार्वजनिक खरिद ऐन २०६३ मा व्यवस्था भएको मालसामान खरिदको लागि व्यवस्था गरिएको बोलपत्र शब्द मात्र प्रयोग नगरिकन उक्त ऐन बमोजिम नै सम्पूर्ण खरिद प्रक्रिया अघि बढाइएको, यो Tender र RFP बारे क्यानडामा भएको विवादमा सर्वोच्च अदालतले एउटै हो भनी गरेको फैसलाको उदाहरणले पनि RFP लाई बोलपत्र नै मान्नुपर्ने । RFP तयार पार्दा A330-200 मोडेलको विमानमा हुनसक्ने क्षमता, Facilities, technical parameters आदि राखेर बनाइएको, निगमले पुरानो विमानको लागि पनि RFP जारी गरेको र तयारी अवस्थामा भएको विमानको केही Technical Specification हरु पूर्वनिर्धारित हुनेहुँदा Standard Items Weight र Structural Design Weight अन्तर्गतको MTOW लगायत अन्य विभिन्न प्रकारको तौलहरु, सिट संख्या, ट्वाइलेट संख्या, ग्यालिज संख्या, सिटको लेआउट आदि पनि RFP मा किटान नगरिएको, जुनसुकै आफूर्तिकर्ताले ठेक्का पाएपनि Technical Negotiation को दौरानमा निगमको हितलाई हेरेर वार्तालाप गर्न सकिने भन्ने सिद्धान्तमा RFP का केही Specification हरु किटान नगरेको, A330-200 मोडलको विमानमा करिव २० वटा भन्दा बढी Weight Variant (MTOW, MLW, MZFW को Combination) हरु हुने भएकोले आपूर्तिकर्ताले प्रस्ताव गर्ने विमान कुन Weight Variant को Category मा पर्ने हो आपूर्तिकर्ता आफैंले तोक्न लगाउने प्रावधान राखिएको । निगमको आर्थिक विनियमावलीमा विमान खरिदको लागि मात्र छुट्टै व्यवस्था गरिएको र सो बमोजिम विनियम २३६ को प्रावधान गरेको, विमान खरिद International Practice अनुसारको एक विशेष प्रकारको विधि अपनाउनु पर्ने बाध्यताले गर्दा विनियम २३६ राखिएकोले विनियमावलीको परिच्छेद १५ मा रहेका बोलपत्र सम्बन्धी प्रावधानहरु लागू नहुने । RFP Notice जारी गर्नु अघि नै एउटा A330-200 को के कति मूल्यको होला भनी इष्टिमेट गर्दा अन्दाजी USD 118 million जति अनुमान गरिएको, विमान खरिद बिक्रिमा संसारभर लागू हुने एक International Practice हो Price Escalation Formula को प्रयोग, मूल्य अनुमान गर्न यहि तरिका अपनाएको, निगम र एयरवसबीच ५ नोभेम्बर २००९ मा एउटा वाइडबडी A330-200 र एउटा न्यारोबडी A320 खरिदको लागि गरिएको MOU मा उल्लेख गरेको वाइडबडीको मूल्य USD 88.099 million (८ जनवरी २००८ को डेलिभरीको अवस्था अनुसार) लाई आधार मानेर प्रचलित Escalation Formula प्रयोग गरेर लागत अनुमान तयार पारेको, उक्त लागत अनुमान भन्दा कम मूल्यमा प्रस्ताव प्राप्त भई स्वीकृत गरिएको ।वि.सं. २०६५ मा निगमको आर्थिक विनियमावली संचालक समितिले स्वीकृत गरेपछि जानकारीको लागि पर्यटन मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाएको, प्रतिस्पर्धा हुने सँस्थाहरुलाई सुविधा हुनेगरी खरिद ऐन मिति २०७३/३/३० मा संशोधन भएपनि निजि क्षेत्रसंग प्रतिस्पर्धा गर्नुपर्ने सँस्थाहरु तोकेको सार्वजनिक खरिद नियमावली मिति २०७३/९/४ मा संशोधन भएपछि मात्र हो, संशोधित खरिद ऐन बमोजिम तयार गरेको संशोधित आर्थिक विनियमावली अथवा कार्यविधि स्वीकृतिको लागि सार्वजनिक खरिद अनुगमन कार्यालयमा पत्राचार एवं ताकेता गर्दा गर्दै हालसम्म पनि स्वीकृती नआएको, संशोधित खरिद ऐनले दिएको सजिलोपनालाई नपर्खिकन पुरानो ऐन कानुन विनियम अनुसार Global Bidding मा नै गएर यो खरिद प्रकृया सम्पन्न गरिएको । खरिद गर्ने विमानको स्पेसिफिकेशन, डिजाइन तथा विशेष आवश्यकताहरु तयार पारेर RFP जारी गरेको, त्यसपश्चात अत्यन्त पारदर्शी ढंगले अन्य प्रकृयाहरु अपनाएको, ऐनले निर्देशित गरे बमोजिम बोलपत्रहरुको मूल्याङ्कन गरिएको, स्वीकृत प्रस्तावकसंग ऐनको परिधि भित्र रही वार्तालाप गरिएको र ऐनले निर्देशित सम्पूर्ण प्रकृया तथा सर्त आदी पूरा भएपछि मात्र खरिद संझौता गरिएको हुँदा आर्थिक विनियमावली २०६५ को विनियम २३६ बमोजिम गरिएको सम्पूर्ण कारबाही सार्वजनिक खरिद ऐनसंग नबाझिएको । प्राविधिक रुपमा धेरै फरक नपर्ने, मूल्यमा धेरै अन्तर नपर्ने तथा धेरै आपूर्तिकर्ताबीच प्रतिस्पर्धा गराइ सकेसम्म छिटो र कम मूल्यमा विमान प्राप्त गर्न सकिन्छ भन्ने मनसायले १००० घण्टासम्म उडान गरेको र जनवरी २०१४ भन्दा पछि निर्माण भएको विमान हुनुपर्ने सर्त राखिएको । मिति २०७२/७/११ मा International Sector Aircraft Purchase, Financing and Existing Aircraft Study Team गठन गरेर वाइडबडी खरिद प्रकृया सुरु गरिएको, सन् २०१३ मा क्यानडाको मन्ट्रियलस्थित ICAO भन्ने अन्तर्राष्ट्रिय सँस्थाले नेपाललाई Safety List मा राखेको तर यो संग प्रत्यक्ष रुपमा सम्बन्धित निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको उच्च पदाधिकारीले जानकारी दिए अनुसार सन् २०१६ या २०१७ को अन्तसम्ममा नेपाल यो Safety List बाट बाहिर आउने प्रवल सम्भावना रहेको जानकारी दिएकोले वाइडबडी प्राप्ती हुने समयसम्ममा ICAO को Safety List र EU को Black List बाट उम्कन सकिन्छ भन्नेमा हामी ढुक्क भएकोले A330-200 विमान खरिद प्रकृया अगाडी बढाएको । विमान विशेष प्रकारको खरिद प्रकृया भएकोले International Practice ले Guide गर्छ, विमान खरिदमा आपूर्तिकर्ताबाट Bank Guarantee वा Bid Bond लिने नभई ठिक उल्टो बिक्रेता वा बोलपत्रदाताले खरिदकर्तासंग Guarantee को स्वरुप Commitment Fee को माग गर्दछ, Aviation को दुनियाँ अरु Sector भन्दा फरक भएकोले नेपालस्थित Airlines ले त्यस खालको International Practice मान्दैनौ भन्नु व्यवहारिक हुँदैन, यहि कारणले निगमको आर्थिक विनियमावलीमा विमान खरिदको लागि विनियम २३६ राखिएकोले RFP मा विनियम १०७ देखि १४५ सम्म भएका बोलपत्र सम्बन्धी प्रावधानहरु समावेश नगरिएको हो । RFP Notice जारी गरेकोमा म्यादभित्र ११ वटा प्रस्ताव दर्ता भएका, Rolls Royce ले Ingine को लागि मात्र प्रस्ताव पेश गरेकोले मूल्याङ्कनमा समावेश नगरिएको, RFP मा उल्लेखित Technical Requirements लाई आधार मानेर १० वटै प्रस्तावहरुको अध्ययन विश्लेषण मूल्याङ्कन कमिटिले गरेको, खासगरी Aircraft type, LOPA, Payload, Ownership, Compliance to RFP तथा Warranty विषयमा Focus गरी Evaluation Committee ले Report बुझाएको, RFP मा तोके बमोजिमको LOPA र Ownership सम्बन्धमा एकिन गर्न नसकेकोले KL Aeroparts, KJT International, Crown Commercial तथा Le Group Delta लाई सारभूतरुपमा प्रभावग्राही नभएको ठहर गरिएको, १० वटै प्रस्तावहरुमा कबोल गरेको मूल्य मध्ये सवभन्दा कम मूल्यको प्रस्ताव पेश गर्ने AAR Consortium को प्रस्तावलाई स्वीकृत गरिएको ।वाइडबडी खरिद गर्ने हल्ला चलेपछि मुलुकको Business House हरुले Interest देखाउनु स्वभाविक भएकोले मेरो कार्यकक्षसम्म आएर Inquary गर्ने गरेको, स्वीकृत प्रस्तावक AAR Consortium को कुनै प्रतिनिधि वा स्थानीय एजेण्टले निगममा वा आफूसंग कुनै सम्पर्क नभएको तर उक्त AAR को एक President दिपक शर्मा नेपाली मूलको तर बेलायती नागरिक भएको र निज निगममा बर्षौदेखि पार्टपूर्जा Supply गर्ने एक कम्पनीमा कार्यरत भएको मेरो जानकारीमा आएको, निज बाहेक अन्य बोलपत्रदाताहरुको स्थानीय एजेण्ट वा प्रतिनिधिहरुसंग खरिद प्रकृयाको दौरानमा पूर्व चिनजान भएको । RFP मा उल्लेख गरिएको Requirement वा Criteria मा कुन विषयलाई Major Deviation र कुन विषयलाई Minor Deviation मान्ने भन्ने कुनै उल्लेख नगरिएको हुँदा यस सम्बन्धमा ११ जनाको मूल्याङ्कन कमिटिले आफ्नो सामूहिक दृष्टिकोण वा विश्लेषण अनुसार एक प्रकारको Discretionary Power (सार्वजनिक खरिद ऐन २०६३ को दफा २५ अनुसार सानातिना फरकको व्याख्या गर्ने अधिकार र विवेक प्रयोग गर्ने अधिकार) प्रयोग गरी मूल्याङ्कन गरिएको, सवभन्दा कम मूल्य कबोल गर्ने प्रस्ताव नै Responsive पनि ठहरिएको कारणले मूल्याङ्कन सजिलो भएकोलाई निगम हितमा नै भएको मान्नुपर्ने । RFP मा Consortium ले प्रस्ताव पेश गर्न पाउने प्रावधान रहेको वा नरहेको र Consortium को प्रस्ताव कानुनसम्मत हुन्छ वा हुँदैन भन्ने सम्बन्धमा RFP Document मा कुनैपनि Aircraft Manufacturing Companies, Airlines, Aircraft Leasing Companies and Bankers ले प्रस्ताव पेश गर्न पाउने उल्लेख गरेको, सार्वजनिक खरिद ऐन २०६३ अनुसार बोलपत्र आव्हान गर्दा उत्पादक, बिक्रेता, आपूर्तिकर्ता, निर्माण व्यवसायी वा सेवा प्रदायकले भाग लिन पाउने उल्लेख गरेकोले प्रस्ताव पेश गर्ने १० वटै कम्पनीहरुलाई बिक्रेता अथवा आपूर्तिकर्ताको रुपमा लिएर मूल्याङ्कनमा समावेश गरिएको हुँदा AAR Corp को Consortium ले पेश गरेको प्रस्तावलाई एक आपूर्तिकर्ता वा बिक्रेताको रुपमा लिँदा कानुन सम्मत मान्नुपर्ने । मूल्याङ्कन कमिटिले AAR Corp को Consortium ले पेश गरेको प्रस्तावमा नयाँ विमान Delivery गर्ने Commit गरेको र कम मूल्य कबोल गरेकोलाई आधार मानेर साथै RFP Document मा Wheather Bidder is currently the owner, directly or indirectly of the Aircraft being proposed लाई समेत आधार मानेर कुनै बोलपत्रले संतोषजनक तरिकाले Contract कार्यान्वयन गर्न सक्छ वा सक्दैन निर्णय गर्ने अधिकार निगममा सुरक्षित छ भनी उल्लेख गरिएको, मूल्याङ्कन कमिटिले AAR Corp को Consortium संग Ownership Document सुनिश्चित गरेपछि मात्र अन्तिम निर्णय गर्नु उचित हुने मनसाय प्रतिवेदनमा उल्लेख गरेको, सोही बमोजिम Airbus Company बाट नै Ownership सम्बन्धमा पुष्टि भैसके पछि मात्र खरिद संझौता गरिएको । निगमले जारी गरेको RFP मा विमानको Interior Configuration अन्तर्गतको Lav. Ratio, Jump seat in cockpit, Cart/pax ratio, Cabin crew facility, Cockpit crew rest facility, Terms of payment लगायत १० वटा Parameters को हकमा Guidelines को रुपमा उल्लेख गरिएको हो, कुनै बोलपत्रदाताले पुरानो विमान प्रस्ताव गरेको खण्डमा त्यस विमानको ती १० वटा Parameters को हकमा के कस्तो व्यवस्था गरिएको र RFP मा तोकिएको Guidelines बाट के कतिको Deviate भएछ भनी यकिन गर्न सकिने हुन्छ तर उक्त Guidelines बाट धेरै Deviate भएको पुरानो विमान प्रस्ताव गरेको खण्डमा एक ठोस निर्णयमा पुग्न निकै कठिन हुने भएकोले सवभन्दा कम मूल्य कबोल गर्ने प्रस्तावक AAR Corp को Consortium ले Brand New विमान प्रस्ताव गरेको कारण निगमले यसलाई ठूलो उपलब्धीको रुपमा लिएको, साथै AAR Corp को Consortium ले पेश गरेको प्रस्तावमा निगमले तोकेको Guidelines को परिधिभित्र रही Negotiation को दौरानमा तय गर्न सकिने हुँदा उक्त प्रस्तावलाई सारभूत रुपमा प्रभावग्राही प्रस्ताव नै मान्न सकिने, Terms of Payment को हकमा पनि निगमले जारी गरेको RFP मा The financial contents should also include all the payment terms. Any basis of the price calculation should be well established and clearly mentioned भनी उल्लेख गरेकोमा AAR Corp को Consortium ले पेश गरेको प्रस्तावमा The detailed terms and conditions of the payment will be incorporated in the final agreement/contract document to be signed भनी उल्लेख गरेकोले Terms of Payment को Requirement को हकमा पनि सारभूतरुपमा प्रभावग्राही नै भएको मान्नुपर्ने ।RFP मूल्याङ्कन सम्बन्धमा निगमको आर्थिक विनियमावली २०६५ को विनियम २३६ को उपविनियम (१) नयाँ विमान खरिद गर्दाको Consider गर्ने मूल्याङ्कनको आधारको रुपमा कम्तिमा पनि दश वर्ष अवधिको Life Cycle मर्मत सम्भार, अनुमानित संचालन खर्च तथा आम्दानी आदिको विश्लेषण गर्नुपर्ने उल्लेख भएको हो तर यो व्यवस्था अथवा Criteria विमान निर्माता कम्पनीहरुबीच प्रतिस्पर्धा हुने भएमा मात्र सान्दर्भिक हुने हो, RFP विनियम २३६(२) बमोजिम जारी गरेको कारणले र एउटै निर्माण कम्पनीको विमान लिने Confirm गरी गरिएको बोलपत्र भएकोले यस खालको Life Cycle Analysis गर्नुको कुनै अर्थ नहुने । AAR Consortium ले पेश गरेको प्रस्तावमा Consortium Formation को कुनै कागजात पेश नभएपनि Document मा तीनवटै कम्पनीको पदाधिकारीहरुको सहि र कम्पनी छाप भएको हुँदा उक्त प्रस्तावलाई सारभूतरुपमा प्रभावग्राही भएको मान्यता दिन सकिने, साथै प्रस्ताव खोल्दा सवै बोलपत्रदाताको प्रतिनिधिहरुको रोहवरमा खोलिएको र कुनैपनि प्रतिनिधिले Power of Attorney सम्बन्धमा कुनै कैफियत नगरेको, Power of Attorney को Issue ले प्रस्तावकले कबोल गरेको गुणस्तर र मूल्यमा पटक्कै असर नपर्ने विषय भएको हुँदा MOU तथा खरिद संझौता हुनुअघि यस विषयमा थप एकिन गर्न सकिने Issue भएकोले AAR Consortium ले पेश गरेको प्रस्तावले कानुनी ग्राह्यता ग्रहण गर्न सक्ने । AAR Corp को Consortium ले पेश गरेको प्रस्तावमा नै प्रति विमानको मूल्य सन् २०१६ को Base Price को आधारमा USD 104.8 million पर्ने र त्यस मूल्यमा Price Escalation लागू हुने उल्लेख गरेको, Aviation Industry मा Price Escalation को प्रावधान एक International Practice भएको र यहि कारणले गर्दा १० वर्ष पहिले निगमले गरेको टेण्डर आव्हानमा A320 न्यारोबडी विमानको मूल्य USD 39 million कबोल गरेपनि ४ वर्ष पहिले प्राप्त गरेको A320 विमानको मूल्य करिव USD 48 million परेको थियो, खरिद ऐनको दफा ५२(२ज) अनुसार खरिद सम्झौतामा बिदेशी मुद्राको भुक्तानी लगायत भुक्तानीका सर्त र तरिका समावेश गर्न सकिने व्यवस्था रहेको, निगमले Airbus Company लाई १० डिसेम्बर २०१६ मा पठाएको email सम्बन्धमा १३ डिसेम्बर २०१६ मा दिएको जवाफ अनुसार सन् २०१६ पछिको Escalation Rate Publish नै नभएको हुँदा सन् २०१२ देखि २०१६ सम्मको मात्र Escalation Rate निगमलाई उपलब्ध गराएको, Airbus जस्तो प्रतिष्ठित कम्पनीले पठाएको Official email लाई आधार मानी आधिकारिकतामा विश्वास गरिएको, Airbus को Price Revision Formula लाई अनुसरण गरी Price Escalation लाई जनवरी २०१६ बाट अन्तिम भुक्तानी भएको समय (जुन र जुलाई २०१८) सम्मको Escalation को आधारमा अन्तिम मूल्य कायम भएको, AAR Corp को Consortium ले प्रस्ताव गरेको २ वटै विमान नयाँ भएकोले विगतमा २ वटा A320 विमान सिधै Airbus बाट खरिद गर्दा प्रयोग गरिएको Price Revision Formula अनुसार नै Escalation लागू गरिएको, Price Revision Formula अनुसार Delivery समयमा हुने US Department of Labor Bureau अनुसारको Labor Index र Material Index अनुसार कायम गर्ने हुँदा भविष्यमा के कति हुने एकिन गर्न नसकिने भएकोले थप सुरक्षणको लागि २.४४% मा Capping गरिएको, मूल्याङ्कन समितिले मूल्याङ्कन गर्दा Manufacturer को Price Revision Formula अनुसार गणना गर्नुपर्ने हुँदा दर Variable हुने देखिएकोले Airbus संग विगत ५ वर्षको वास्तविक Escalation दर माग गरिएको, विगतमा A320 खरिद गर्दा सन् २००८ देखि २०१५ सम्मको वास्तविक Escalation Rate लाई आधार लिइएको र सो अनुसार वास्तविक Escalation Per Year 3.3597% रहेको थियो भने विगत ५ वर्षको Airbus र Rolls Royce को Escalation Per Year 2.7699% रहेको, यसरी AAR Corp को Consortium को प्रस्तावलाई Worst Case Scenario (Escalation Rate ३.३५९७% लाई नै कायम गर्दा पनि दर्ता हुन आएको १० वटा प्रस्तावहरु पेश गर्ने आपूर्तिकर्ताहरुले कबोल गरेको मूल्य भन्दा कम हुन आउने) को अवस्थामा ३.३५९७% प्रतिवर्षको Escalation लाई आधार लिएर पनि उक्त प्रस्ताव सस्तो भएको हुँदा उक्त प्रस्तावलाई स्वीकृत गर्न मूल्याङ्कन समितिले सिफारिस गरेको र सो बमोजिम संचालक समितिले स्वीकृत गरी Escalation Rate २.७६९९% तोकेको ।निगमले जारी गरेको RFP Document को Part III Financial Content अन्तर्गतको Chart मा Aircraft Price मात्र उल्लेख गरिएको भएता पनि The financial contents should also include all the payment terms. Any basis of the price calculation should be well established and clearly mentioned भनी उल्लेख गरिएको, पुरानो विमान प्रस्ताव गर्नेहरुको लागि Price Escalation को खासै महत्व नराख्ने भएपनि नयाँ विमान खरिद गर्ने हो भने Aviation Industry मा भएको International Practice अनुसार अनिवार्य रुपमा लागू गर्नैपर्ने प्रथा अनुसार AAR Corp को Consortium को प्रस्तावमा Escalation Formula लागू गरिएको, AAR Corp को Consortium को प्रस्तावमा प्रति विमान USD 104.8 million भनी कबोल गरेको संगसंगै Consortium ले पेश गरेको प्रस्तावको बुँदा नं. ५ को Financial Proposal मा All prices are expressed in USD at 2016 and quoted prices are subject to escalation भनी उल्लेख गरेको, उक्त प्रस्ताव Aviation Industry को दुनियाँमा विश्वभर लागू गर्ने प्रथा अनुसार भएकोले USD 104.8 million उक्त विमान खरिद गर्न सम्भव नै नहुने । निगमले जारी गरेको बोलपत्र (RFP) मा MTOW लगायत अरु ४ वटा विभिन्न तौलहरु के कति चाहिने भन्ने उल्लेख नगरेको, AAR को Consortium ले पेश गरेको प्रस्तावमा MTOW-242 ton, MWE-106.445 ton, OWE-116.732 ton, MLW-182 ton तथा MZFW-166 ton तोकेकोमा प्रस्तावको पेज नं. ५ को 3.1 The Consortium propose to offer to NAC Two brand new Airbus A330-200, 3.2 A330-200 CUSTOMIZATION BASE ON A330-200 STANDARD SPEC ISSUE 6.0 Discription of Aircraft: GENERAL AIRCRAFT DESIGN CRITERIA: A330-200 Standard Specification MTOW-230t MLW-180t & MZFW 168t उल्लेख गरेको, त्यसैगरी पेज नं. ८ मा 3.4 A330-200 WEIGHT AND TECHNICAL PARAMETERS, Structural Design Weight(kg): MTOW 242000 (२४२ टन) भनी उल्लेख गरेको तथ्यबाट स्पष्ट हुन्छ की AAR Consortium ले पेश गरेको विमानको General Design Weight-Certificated MTOW 230 ton भएको र Structural Design Weight MTOW 242 ton भएको स्पष्ट बुझिन्छ । यसको अलावा European Union Aviation Safety Agency (EASA) ले Airbus को A330 Family को लागि जारी गरेको Type Certificate Data Sheet अनुसार A330-243 with Rolls Royce Engine Aircraft को MTOW (Maximum Weight) 242 ton उल्लेख गरेको बाट पनि A330-200 को विमान 242 ton MTOW को नै हो, निगमले खरिद गरेको २ वटा विमानहरुको Airbus कम्पनीबाट प्राप्त कागजातहरुबाट पनि दुवै विमान (MSN-1872 र MSN-1878) Structurally 242 ton हुनेगरी नै Design तथा निर्माण भएको स्पष्ट हुन्छ, दुवै विमानको Structural Design Weight MTOW 242 ton भएपनि नेपाल वायुसेवा निगमको लागि Airbus कम्पनीले गरेको अध्ययन अनुसार (सन् २०१६ मा गरेको अध्ययन) सिधै  अष्ट्रेलियासम्म जाने बाहेक अन्य सवै गन्तव्यहरुमा पुरा तौलमा उडान गर्न २३० टन नै पर्याप्त हुने भनी निष्कर्ष निकालेको थियो, त्रिभुवन विमानस्थलको धावनमार्गको भारबहन क्षमता २१३ टन मात्र भएकोले पनि २३० टन उपयुक्त हुने देखिएको, नेपालमा उडान गरिरहेका विदेशी एयरलाइन्सले ल्याउने सवै ठूला विमानहरु नेपालबाट उडान गर्दा पनि बढिमा २१० टन मात्र बोकेर उडान गर्ने गरेको, आवश्यकता भन्दा बढी तौलको जहाज हुनु आफैंमा व्यवसायिक हिसावले दिर्घकालसम्म कम्पनीलाई नोक्सान हुनजान्छ किनभने सवै एरोनटिकल शुल्कहरु (अवतरण, विशान, गृहआश्रय, नेभिगेशन, सुरक्षा, ओभरफ्लाई आदि) विमानको अधिकतम तौलको आधारमा तिर्नुपर्ने र मर्मत सम्भारमा पनि सोही अनुसारको खर्च गर्नुपर्ने हुन्छ, निगमको Business Plan अनुसार पनि २३० टनको विमान पर्याप्त हुने, यदि निगमले २३० को बदला २४२ टनको विमान ल्याएको खण्डमा निगमलाई वार्षिक लाखौं डलर अतिरिक्त नोक्सान हुने Airbus कम्पनीले लिखित रुपमा दिएकोले पनि निगमको हितलाई ध्यानमा राखेर २३० टन Certification को विमान ल्याउने निर्णय भएको । Structural Design Weight भन्नाले विमानले बहन गर्न सक्ने अधिकतम तौललाई जनाउने, निगमले प्राप्त गरेको दुई वटै A330-200 विमानको हकमा २४२ टनसम्मको Structural Design Weight को क्षमता हासिल गर्न Wings, Fuselage, Landing Gear जस्ता महत्वपूर्ण Parts लगायत अन्य सम्पूर्ण मालसामान र उपकरणहरुमा आवश्यकतानुसारको Modification गरिसकेको Airbus को Website बाट उपलब्ध भएको कागजातबाट प्रमाणित हुने । General Aircraft Design Criteria भन्नाले धावनमार्गको लम्बाई, विमानस्थलको Altitude, धावनमार्ग नजिकको अथवा चारैतिरको Terrain तथा उक्त विमानबाट उडान गर्ने सम्भावित गन्तव्यहरु आदिलाई दृष्टिगत गरी चाहिने जति मात्र Certified and Authorized गराएका तौललाई जनाउने, Airbus कम्पनीको सिफारिस समेतलाई ध्यानमा राखेर निगमले २३० टनको Certified and Authorized MTOW को विमान लिने निर्णय गरिएको, यो Certified and Authorized MTOW लाई थपघट गर्न विमानमा एक पेचकिला सम्म पनि परिवर्तन अथवा थपघट गर्नु नपर्ने भई टायरको प्रेसर दर्शाउने लेबल झिकेर अर्को टाँस्ने तथा केही Manual र Diagram लाई संशोधन मात्र गरे पुग्छ ।विमानको MTOW घट्दा मूल्य घटाउने विषयमा Negotiation को दौरानमा घनिभूत छलफल भएको, AAR Consortium को प्रस्तावमा दुवै खालको MTOW- Structural Design Weight र General Aircraft Design Criteria उल्लेख गरेको हुँदा यसमा निगमको तर्फबाट मूल्यमा घटाइ दिन आग्रह गरेको तर AAR Consortium नमानेको हो, निगमले MTOW यति नै चाहिन्छ भनी RFP मा किटान नगरेको हुँदा यो विषयलाई कानुन सम्मत नभएको भनी जिकिर गर्न नमिल्ने, AAR Consortium को तर्फबाट मूल्य नघटाइकन बरु २४२ टनकै Certified र Authorized गरेको विमान दिन्छु भनी Counter Proposal राखेको खण्डमा निगमले त्यो प्रस्ताव स्वीकृत गर्न नसकिने अवस्थामा भएको पनि एक वास्तविकता भएको, करार संझौता गर्न अगावै गरिएको यस खालको Negotiation मा दुवै तर्फबाट आ-आफ्नै लाभ वा फाइदा हेर्ने पनि स्वभाविक कुरा हो, यस विषयमा निगमले नै दश वर्ष पहिले ६ वटा विमान खरिदको लागि गरेको RFP मा मुद्धा मामिला हुँदा सम्मानित सर्वोच्च अदालतले मिति २०६९/१/१२ मा गरेको फैसलामा व्यापारिक प्रकृतिको करारमा प्रस्तावक र आपूर्तिकर्ता हरेकले आ-आफ्नो सर्वोत्तम व्यापारिक हितलाई बिचार गरेको हुन्छ...कुनै करारीय सर्तहरु परस्परको व्यावसायिक हित र स्वार्थहरुबाट निर्धारित हुने हुनाले व्यापारिक प्रचलन र मान्य परम्परा हेरेर निर्धारण गरिने कुराहरु हुन्छन् यस्तो कुराको निर्णय कारोबारसंग प्रत्यक्ष सम्बन्ध हुने व्यवस्थापकहरुले नै निर्णय गर्ने कुराहरु हुन भनी उल्लेख गरेको छ, यसबाट पनि निचोड निकाल्न सकिन्छ कि छनौट भैसकेको बोलपत्रदाता वा आपूर्तिकर्तासंग Negotiation गर्दा मेरो गोरुको बारै टक्का भन्ने सिद्धान्तमा अडिग भएर बस्न सक्दैन, अर्को निकै महत्वपूर्ण विषय Escalation Formula मा निकै करकाप गरी २.७७% बाट घटाउन लगाएर २.४४% मा ल्याउन निगम सफल भएकै हो, तसर्थ यो MTOW को Issue मा कुनै प्रकारको मिलेमतो नभएको र AAR Consortium लाई कुनै प्रकारको लाभ वा फाइदा हुनेगरी सम्झौता गरिएको छैन, AAR Consortium को प्रस्तावमा नै उल्लेख गरेको Structural Design Weight लाई २४२ टन नै कायम गरिएको तर Certified & Authorized MTOW मात्र २३० टन नै निगमको हितमा हुने भएकोले २३० टनको Aircraft Design Criteria मा निगमले सहमति जनाएको, भविष्यमा २३० टनबाट बढाउनु परेको खण्डमा केही कागजी काम जस्तै: लेबल फेर्ने र नक्शा/म्यानुअलमा संशोधन गर्दा हुने । RFP को पेज नं. ५,६ र ७ मा Section A- Interior Configuration को heading भएको Passenger seat, lavatories, galley, cabin attendant seats, in-flight communication & entertainment आदि सवै Buyer's Furnished Equipment भित्र नै पर्ने, विमानको मूल्य भित्र नै Buyer's Furnished Equipment(BFE) र Specification Change Notice(SCN) समावेश भएकोले MOU मा राखिएको, SCN भन्नाले विमानको Design संग नै सम्बन्धित प्राविधिक विषयहरु हुनेहुँदा यो पूर्ण रुपमा विमान निर्माता कम्पनीकै नियन्त्रणमा हुने विषय भएको र सो सम्बन्धमा एक प्रकारको Requirement को रुपमा RFP को पेज नं. १८ मा विमानको मूल्यमा Cost of Customization पनि समावेश हुनुपर्ने भनी उल्लेख गरिएको, पुरानो विमानको हकमा BFE र SCN को मूल्य सान्दर्भिक नहुने तर नयाँ विमान खरिदमा यी दुईवटा Item-BFE र SCN को प्रावधान राख्ने प्रथा भएको हुँदा MOU मा Reference अथवा जानकारीको लागि छुट्टा छुट्टै मूल्य तोकेको । अरु Industry भन्दा धेरै फरक Issue वा विषय वा प्रावधानहरु मध्ये विमान खरिद बिक्रिमा हुने गरेको Commitment Fee लाई लिन सकिन्छ, अन्य मालसामान खरिद बिक्रिमा र निर्माण कार्यमा खरिदकर्ताले जमानीको रुपमा Bank Guarantee वा Bid Bond वा Performance Bond लिने चलन रहेको तर विमान खरिद बिक्रीमा यसको ठिक उल्टो बिक्रेताले खरिदकर्तासंग Commitment Fee लिएर विमान खरिदको सुनिश्चितता खोज्ने प्रथा एक प्रकारको International Practice रहेकोले यस Arrangement को अन्य कुनै विकल्प नभएको कारण यसरी Commitment Fee भुक्तानी गरेको तर Negotiation को दौरानमा बिक्रेताले कुनै कारणले विमान उपलब्ध गराउन बिक्रेताको Management Board ले अस्वीकृत गरेको खण्डमा उक्त Commitment Fee लाई Refund गर्ने सर्त राख्न मनाएर सो बमोजिम MOU को दफा ५.२ मा राखिएको, MOU गर्दा AAR International को Authorized Representative संग गरिएको भएता पनि उक्त MOU को पहिलो पानामा नै MOU between Consortium of AAR, GAC र Hifly and NAC भनी उल्लेख गरेको, उक्त MOU को दफा ५.४ मा Commitment Fee को भुक्तानी गर्ने बैंक एकाउण्ट उल्लेख गरेको र उक्त एकाउण्ट Hifly को भएको र  Consortium का ३ वटा Partner मध्ये Hifly Airlines ले Sloot Book गरेको विमान प्रस्ताव गरेको हुँदा Hifly Transportes Aeros, SA लाई Commitment Fee भुक्तानी गरिएको।RFP मा नै Detailed terms & conditions पारदर्शी रुपमा समावेश नगरेर थप विषयहरु MOU र SPA मा समावेश गरेको सम्बन्धमा खरिद ऐनको दफा ४ मा खरिद गर्ने मालसामानको स्पेसिफिकेशन, डिजाइन तथा विशेष आवश्यकताहरु तयार पार्नुपर्ने र यसरी तयार पार्दा वस्तुगत प्राविधिक तथा गुणस्तरजन्य विशेषताको आधारमा तयार गर्नुपर्ने उल्लेख भएकोले सो बमोजिम RFP मा पारदर्शी रुपमा आवश्यक सवै समावेश गरिएको, वि.सं. २०६५ मा स्वीकृत गरिएको आर्थिक विनियमावली र खरिद ऐन समेतलाई मध्येनजर राखी MOU तथा Sale and Purchase Agreement गरिएको, RFP, Bid Proposal, MOU सवै नै Sale and Purchase Agreement को अंगको रुपमा लिने प्रावधान राखिएको, उक्त SPA निगमको आर्थिक विनियमावली र सार्वजनिक खरिद ऐन बमोजिम नै भएको हुँदा कानुन सम्मत नै मान्नु पर्ने । AAR को Consortium ले दिएको प्रस्तावमा नै Proposal P3, Executive Summary- The subject Aircraft will be owned by a Special Purpose Company incorporated in Ireland भनी उल्लेख गरेको, Special Purpose Company ठूला अन्तर्राष्ट्रिय कारोबारहरुमा प्रयोग गरिने एक कानुनी औजार (Legal Tools) हो र यो एक International Practice नै भएको, अन्तर्राष्ट्रिय कारोबारहरुलाई सहज र छिटो रुपमा संचालन गर्न कानुनी रुपमा नै Special Purpose Company मार्फत कारोबार सम्पन्न गर्ने प्रचलन व्याप्त रहेकोले Special Purpose Company मार्फत कारोबार गर्दा कुनैपनि किसिमको खतरा नहुने बरु कारोबार सरल र सहज हुने भएकोले प्रस्तावक कम्पनीले प्रस्तावमा नै उल्लेख गरे बमोजिम Hifly X Ireland संग सम्झौता गरिएको, यस्तो व्यवस्था गर्दा कुनै कानुन विपरीत नहुने साथै Negotiation को दौरानमा निगमले Hifly X संग मात्र संझौता नगर्ने सर्त राखेपछि एक प्रकारको तनावको श्रृजना भएको र धेरै विवाद पछि Consortium को ३ वटै कम्पनीले पनि SPA लाई Own गर्नुपर्ने अथवा उनीहरु पनि कानुनी रुपमा Liable हुनेगरी संझौता गरिएको। Consortium र निगमबीच भएको MOU मा Escrow Agent सम्बन्धी कुनै व्यवस्था नभएको, निगमले बिक्रेतालाई उपलब्ध गराउने भुक्तानीको सुरक्षा सम्बन्धमा बैंक ग्यारेण्टी चाहिने प्रस्ताव गरेको, यस किसिमको कारोबारमा बिक्रेताको तर्फबाट बैंक ग्यारेण्टी दिन नसकिने तर अन्य सुरक्षात्मक उपायको लागि सहमत हुनसक्ने भनी AAR Consortium ले प्रस्ताव गरेको, त्यसपश्चात निगमकै विशेष आग्रहमा जहाज खरिदको लागि भुक्तान गरिने रकम विमान निर्माता कम्पनी Airbus मा पुग्ने सुनिश्चितताको लागि Escrow Agent राख्न सहमत भई यस सम्बन्धी Sale and Purchase Agreement मा व्यवस्था गरिएको, के कस्तो कम्पनी वा बैंकलाई Escrow Agent तोक्ने भन्ने विषयमा कुनै बैंक भन्दा यस खालको Transaction मा अनुभवी अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त बेलायतमा प्रधान कार्यालय रहेको Law Firm Norton Rose Fulbright LLP को जर्मनीस्थित Law Firm संग निगम, बिक्रेता र Consortium ले संयुक्त रुपमा Escrow Agreement मा हस्ताक्षर भएको, यस सम्बन्धी छलफलको दौरानमा निगमले राखेको ३ जना Corporate Lawyer ले पनि विश्वप्रख्यात भएको Norton Rose Fulbright LLP संग सम्झौता गर्नु उचित नै हुने ठहर गरी कुनै बैंकलाई नतोकिकन Norton Rose Fulbright LLP लाई Escrow Agent नियुक्त गरिएको, उक्त Escrow Agent का कुनै पदाधिकारीसंग व्यक्तिगत रुपमा आफ्नो चिनजान नभएको तर विमान Delivery लिन गएको बेलामा दुवै पल्ट हरेक विमानको अन्तिम किस्ता स्वरुपको Payment गरी Bill of Sales मा सही गर्दा Official रुपमा उक्त कम्पनीको अफिसमा भेट भएको।खरिद ऐनको दफा १४(३घ) मा बोलपत्र जमानत आवश्यक पर्ने भए बोलपत्रको मान्य हुने अवधि खुलाउनु पर्ने लेखिएको हुँदा जमानत आवश्यक नभएको खण्डमा Bank Guarantee जरुरी नभएको ऐनले नै ईंगित गरेको देखिएको र Aviation Industry मा जमानत माग्नेको ठिक उल्टो विमान खरिदकर्ताले बिक्रेतालाई बैना रकम भुक्तानी गरेर Guarantee दिनुपर्ने International Practice भएकोले यसैलाई मध्येनजर राखेर निगमको आर्थिक विनियमावलीमा विमान खरिद प्रकृयामा कुनै प्रकारको Bank Guarantee को प्रावधान नराखेकोले यसलाई कानुन सम्मत नै मान्नुपर्छ भन्ने मनसायले यसमा आफू सहमत भएको, निगमको हितमा र भुक्तानीको सुरक्षाको लागि यस प्रकारको Escrow Agent को व्यवस्था गर्न नपाइने भनी सार्वजनिक खरिद ऐनमा कतै उल्लेख नगरेको हुँदा यसलाई कानुनसम्मत नै मान्नु पर्ने मान्यतामा आफूले तथा संचालक समितिले समेत सहमति जनाएको । Norton Rose Fulbright LLP को website चेक गरिएको साथै निगमले Hire गरेको ३ जना Corporate Lawyer हरुसंग पनि छलफल गर्दा निकै प्रतिष्ठित र Globally Recognized कम्पनी भएको एकिन भएपछि उक्त कम्पनीलाई Escrow Agent नियुक्त गरिएको, Escrow Agent लाई शुल्क वापत १०००० युरो AAR Consortium ले व्यहोर्नुपर्ने निगमले प्रस्ताव राखेपछि Consortium ले सहमति जनाई सोही बमोजिम भएको। AAR Consortium को प्रस्ताव स्वीकृत गरी सकेपछि व्यवहारिक रुपमा र खरिद ऐनको सिद्धान्त अनुसार सोही प्रस्तावकसंग सवै रकमको कारोबार गर्नुपर्ने स्वत: देखिंदा Airbus कम्पनीलाई निगमले रकम भुक्तानी नगरेको तर यस कारोबारमा विभिन्न पक्षहरु जस्तै Warantee, Technical Support आदिमा Airbus Company को संलग्नता हुने भएकोले खरिद सम्झौतामा विमान निर्माता कम्पनीबाट पनि ठाउँठाउँमा उल्लेख गरिएको, Escrow Agent नियुक्त गरेकै सम्पूर्ण भुक्तानीहरुलाई सरल, सहज र सुरक्षित गर्ने उद्धेश्यले गरेको। AAR Consortium ले पेश गरेको प्रस्तावमा नै The Consortium has ordered the Aircraft directly from manufactured production line allocation: 1840-1890 भनी उल्लेख गरेको, खरिद प्रकृयाले गर्दा विमानको निर्माण कार्य शुरु हुन ढिलो चाँडो भएमा एक Estimate को रुपमा निर्माण मिति तलमाथि भएमा १८४० देखि १८९० बीचको MSN नम्वर हुने जानकारी प्रस्तावमै उल्लेख गरेको, MSN भन्नाले विमान निर्माण गर्ने फ्याक्ट्रिमा शुरु गरेको दिन र समयमा Allocate गर्ने एक सिरियल नम्वर मात्र हो तसर्थ खरिद सम्झौता भएपछि पहिलो किस्ता भुक्तानी भएपछि मात्र निश्चित हुने नम्वर भएको, त्यो भन्दा पहिले दिएको नम्वरहरु अनुमानित नम्वर मात्र भएकोले MSN स्वभाविक रुपमा परिवर्तन हुँदै आएको, MSN नम्वरले विमानको प्राविधिक तथा संरचनागत कुनै पक्षमा पनि केही सम्बन्ध राख्दैन, यो विमानको उत्पादन नम्वर मात्र भएको र प्राविधिक रुपमा विमानको उडानमा रहने अवधिसम्मको अपरिवर्तनिय विश्वव्यापी संकेत नम्वर हो, साथै अहिले प्राप्त भएको दुवै विमानको MSN नम्वर (१८७२ र १८७८) Consortium ले पेश गरेको प्रस्तावमा उल्लेखित Range भित्रै परेको । निगमलाई उपलब्ध गराएको अथवा प्रस्ताव गरेको विमानको Structural Design Weight(MTOW) २४२ टनकै भएको  र General Aircraft Design Criteria मात्र २३० टन भएको हुँदा विमानको कार्यक्षमता जस्तै: सिट संख्या, कार्गो बोक्ने क्षमता, इन्धन Capacity आदिमा कुनै फरक नहुने भएकोले मूल्यमा पनि केही असर नपर्ने, निगमले तयार पारेको Business Plan अनुसारको सवै रुटमा सेवा संचालन गर्न AAR Consortium ले प्रस्ताव गरेको दुई वटै विमान सक्षम भएको कारणले नै उक्त प्रस्ताव स्वीकृत गरिएको, लण्डन र सिंगापुर भएर सिड्नी जाने व्यापारिक योजनामा भएको र उक्त दुवै Sector मा पनि यहि विमानले उडान गर्न सकिने । Structural Design Weight(MTOW) २४२ टनकै भएकोले निगमले २४२ टनकै Certified & Authorized भएको विमान लिएको खण्डमा व्यवसायिक हिसावले दिर्घकालसम्म निगमलाई नोक्सान हुनेछ किनभने सवै एरोनोटिकल शुल्कहरु (अवतरण, विशान, Parking, Navigation, सुरक्षा, ओभरफ्लाइ आदी) विमानको Certified & Authorized MTOW अनुसार तिर्नुपर्ने हुन्छ, सोही अनुसार मर्मत सम्भारमा पनि सोही अनुपातमा खर्च गर्नुपर्ने हुन्छ, यस सम्बन्धमा Airbus संग पत्राचार गर्दा २० जनवरी २०१७ मा प्राप्त इमेल अनुसार Estimated economic disadvantage due to higher maintenance cost ($ 156,000 per annum/$1,055,000 PV 10 years @ 10% discount rate) तथा Estimated economic disadvantage due to higher Landing and Navigation Charges ($118,000 per annum/$804,000 PV 10 years @ 10% discount rate- rules as per eco workshops with NAC) भनी उल्लेख गरेको, यसरी निगमको हितमा २३० टनको Certified & Authorized MTOW छनौट गरिएको । निगमले RFP जारी गर्दाको समयमा Airbus ले आफ्नो website मा राखेको Listed Price USD 231.6 million र सन् २०१७ मा USD 233.8 रहेको, खरिद संझौता गर्दा प्रस्तावित विमानको मूल्य (Escalation बाहेकको) USD 104.80 भएको, Escalation समेतको हिसाव गरी विमानको लागि जम्मा भुक्तानी गरेको मूल्य USD 108.194 million रहेको । १६ जुन २०१७ मा USD 79 million, २५ जुन २०१८ मा USD 68,194,054.80 र २३ जुलाई २०१८ मा USD 68,194,054.80 रकम Escrow Account मा जम्मा हुनेगरी भुक्तानी गरिएको । विमान निर्माता कम्पनीलाई रकम भुक्तानी सम्बन्धमा-RFP आव्हान गरिसकेपछि स्वीकृत गरेको प्रस्तावक वा आपूर्तिकर्ता AAR Consortium भएको र त्यस पश्चात स्थापना गरिएको Special Purpose Company Hifly X भन्ने कम्पनीसंग सम्पूर्ण कारोबार गरिएको हुँदा उक्त Hifly X ले पठाएको Invoice अनुसारको भुक्तानी गरिएको, खरिद सम्झौता गर्दा Special Purpose Company को रुपमा Hifly X भएकोले निगमले सम्पूर्ण कारोबार सम्झौता बमोजिम नै गर्नुपर्ने हुन्छ  र खरिद ऐनले पनि त्यहि निर्देशित गर्छ, आपूर्तिकर्तालाई भुक्तानी गर्नुपर्ने पूरा रकम भुक्तानी भैसकेपछि निगमको लागि ठूलो चिन्ता भनेको निगमको Requirement अनुसार उक्त आपूर्तिकर्ताले Promise गरे बमोजिम Brand New विमान उपलब्ध गराउने हो होइन र समयमै आपूर्ति गर्ने हो होइन भन्ने कुरामा नै हो, यस बाहेक आपूर्तिकर्ताले Airbus लगायत इन्जिन लगायत विभिन्न सामानहरु Supply गर्ने कम्पनीहरुलाई के कति रकम भुक्तानी गरियो भन्ने विषयमा खरिद सम्झौता र अन्य कागजातहरुमा कुनै प्रावधान नराखिएको । तोकिएको समयभित्र  विमान Delivery र क्षतिपूर्ति सम्बन्धमा सम्झौतामा उल्लेख गरेको समय सिमा भित्र नै विमान आपूर्ति भएको, निगम र Hifly X Ireland बीचको सम्झौताको बुँदा नं. ४.६.१ मा विमान Delivery समयमा नभएको खण्डमा Liqiudated Damage को व्यवस्था गरिएको तर उक्त बुँदामा Should any of the aircraft not be ready for delivery to the Buyer within thirty (30) days after the last day of the scheduled delivery month (as varied by virtue in accordance with this agreement and the Airbus Purchase Agreement)(the delivery period) and such delay is not as result of an Excusable Delay or total loss (a Non-excusable delay) then the Buyer shall have the right to claim, and the seller shall pay by the way of liquidated damages to the Buyer US Dollors Eighteen Thousand (USD 18000) for each day of delay in the delivery of that aircraft commencing on the date falling thirty one (31) days after the last day of the scheduled Delivery month (Liquidated Damages)…..  भन्ने व्यवस्था अनुसार Schedule Delivery Month को ३० दिन भन्दा ढिला विमान प्राप्त हुँदा Liquidated Damages लाग्ने तर Scheduled Delivery Month Airbus Purchase Agreement अनुसार Delivery Month लाई समेत आधार लिनुपर्ने व्यवस्था रहेको, निगम र Hifly X बीच खरिद संझौता ७ अप्रिल २०१७ मा भएपछि मात्र Airbus र Hifly X बीच Purchase Agreement भएको र उक्त Airbus र Hifly X बीच भएको Agreement को बुँदा नं.९.१.१ मा Airbus ले पहिलो विमान Delivery गर्न Ready हुने महिना May 2018 र दोस्रो विमान Delivery गर्न Ready हुने महिना June 2018 हुने उल्लेख भएको, तसर्थ निगम र Hifly X बीचको Aircraft sale and Purchase Agreement को बुँदा नं.४.६.१ मा उल्लेखित व्यवस्था बमोजिमको Liquidated Damages पहिलो विमानको हकमा June 2018 सम्म र दोस्रो विमानको हकमा July 2018 सम्म आकर्षित नहुने, Airbus र Hifly X बीच भएको Agreement को पाना २ संलग्न गरेको छु । विमान चलाउने पाइलट क्याप्टेनको व्यवस्था अति जटिल प्रकारको Mechanism हो, A330-200 चलाउने पाइलटहरु महिनौं पहिले देखि तालिम दिएर राख्न नमिल्ने र तालिम लिएपछि Certain अवधिसम्म मात्र त्यस तालिमको Validity हुने, यसपाली निगम व्यवस्थापनले निकै मिहेनत गरेर र साथै नागरिक उड्डयन प्राधिकरणबाट राम्रो सहयोग पाएकोले पहिलो विमान २८ जुन २०१८ मा अवतरण हुनासाथ भन्सार तथा प्राधिकरणबाट अनुमति लिने कार्यहरु गराएर १ अगष्ट २०१८ देखि नै Commercial Flight शुरु गरिएको, त्यसैगरी दोस्रो विमान २६ जुलाई २०१८ मा अवतरण भैसकेपछि २४ अगष्ट २०१८ देखि नै Commercial Flight शुरु गरिएको, त्यसपछि विदेशी पाइलट करारमा ल्याउने देखि निगमकै पाइलटलाई तालिम दिने व्यवस्था पनि गरिएको, निगम, नागरिक उड्डयन प्राधिकरण तथा नेपाल सरकार कै नियन्त्रण नभएको EU को Black List को कारण जापान र कोरिया उडानमा ढिलाई भएकोले निगमको नै कमजोरी हो की भनी भान पर्न गएको हो, विमान संचालनका अन्य पक्षहरुमा ध्यान दिएर निगम व्यवस्थापन अघि बढिरहेको। विमान खरिद पश्चात विमानको मर्मत सम्भार सेवा तथा पार्टपूर्जा, आपूर्तिमा हुनसक्ने उपलब्धी, तालिम, प्राविधिक सहयोग र Warranty समेत विमान निर्माता कम्पनी Airbus बाट प्राप्त हुने निश्चित गरिसकेपछि मात्र खरिद संझौता गरिएको, सो बमोजिम Airbus र इन्जिन निर्माता Rolls Royce संग ती कम्पनीहरुको Standard र International Practice अनुसार Warranty सम्बन्धमा सवै व्यवस्था भैसकेको, Airbus बाट प्राप्त हुने Airframe Warranty स्वत: प्राप्त हुने व्यवस्था SPA को अनुसूची ३६ मा र Engine को Warranty उक्त सम्झौताको अनुसूची ३८ मा प्रावधान रहेको । विमान निर्माता कम्पनीमा कर्मचारीहरुले अनुगमन एवं निरीक्षण भ्रमण गर्दा सम्पूर्ण खर्च निगमले नै व्यहोरेको, प्राविधिक प्रकृतिका ठेक्का पट्टाहरुमा Factory Inspection को लागि पदाधिकारीहरुलाई Factory भ्रमणमा पठाउनु जायज रहेको, १२/१२ अर्व ऋण दिने सँस्थाका पदाधिकारीहरुले आफूले दिएको ऋण सदुपयोग हुन लागेको हो होइन साथै Factory मा बनेको विमान नै उपलब्ध हुने हो होइन एकिन गर्न गरिएको भ्रमणलाई अन्यथा लिन उपयुक्त नहुने, यस बाहेक बनिसकेको विमानको Technical Inspection अनिवार्य नै भएकोले निगमका प्राविधिक लगायत नागरिक उड्डयन प्राधिकरणका प्राविधिकहरु समेतबाट भ्रमण गरिएको, भ्रमणमा जाने सम्पूर्ण कर्मचारीहरुलाई निगमको विनियम अनुसार पाउने भ्रमण भत्ता पाएको र सोको लागि बजेटको व्यवस्था पनि गरिएको । आफू एकपल्ट विमानको निरीक्षणको लागि Airbus को Factory मा भ्रमणमा गएको, त्यसपश्चात पहिलो र दोस्रो विमान हस्तान्तरण गरी लिन गएको, ३ पटक भ्रमण गर्दा निगमबाट विनियमावलीमा व्यवस्था भए अनुसार भ्रमण भत्ता लिएको, निरीक्षण गर्दा Final Assembly Line मा भएको A330-200 विमान रहेको, अनुगमन निरीक्षण तथा विमान हस्तान्तरणको लागि जाँदा आफूलाई कहिँ कतैबाट कुनै किसिमको प्रलोभन वा दवाव नआएको ।

विमान खरिद बिक्रीमा सबभन्दा महत्वपूर्ण कागजात भनेको Bill of Sale हो र यसैको आधारमा नागरिक उड्डयन प्राधिकरणले जारी गर्ने Certificate of Registration ले पनि यी विमानहरुको स्वामित्व निगम कै रहेको पुष्टि हुन्छ, साथै दुइवटै विमानको लाग्ने भंसार शुल्क समेत निगमले नै भुक्तानी गरेको पनि अर्को प्रमाणको रुपमा लिन सकिन्छ । प्रचलित सार्वजनिक खरिद ऐन २०६३ लाई आधार मानेर निगमको संचालक समितिले नेपाल वायुसेवा निगम आर्थिक विनियमावली २०६५ लाई स्वीकृत गरेको, Aviation Industry को दुनियाँमा विमान खरिद गर्ने टेण्डर आव्हानलाई RFP जारी गर्ने प्रथा भएकोले RFP मार्फत गरिएको विमान खरिद प्रकृया खरिद ऐन विपरीत नभएको, मूल्याङ्कन प्रतिवेदनमा समेत संचालक समितिले व्यापक रुपमा अध्ययन विश्लेषण गरेपछि AAR Consortium ले पेश गरेको प्रस्ताव सारभूतरुपमा प्रभावग्राही नै ठहर गरी उक्त प्रस्ताव स्वीकृत गरिएको, यसरी प्रस्ताव स्वीकृत गर्दा आफूलाई कहिँ कतैबाट प्रलोभन वा दवाव नआएको, Aircraft को Structural Design Weight  र Certified & Authorized MTOW उक्त प्रस्तावमा पेश गरे बमोजिम र निगमको Requirement एवं Airbus ले सिफारिस गरे बमोजिम भएकोले यसमा पनि कुनै प्रलोभन वा दवावको कारणले नभएको, बैंक ग्यारेण्टीको सम्बन्धमा AAR Consortium संग निकै छलफल तथा विवाद गरिसकेपछि निगमकै पहलमा र निगमको कानुनी सल्लाहाकारको सिफारिसमा Escrow Agent खडा गरी कारोबार गरेको हुँदा कुनै प्रलोभन वा दवावमा Bank Guarantee नलिने व्यवस्था गरिएको होइन साथै यो International Practice पनि हो, AAR Consortium कै प्रस्तावमा Propose गरेको Special Purpose Company को व्यवस्था पनि International Practice भएको, Global Tender को आधारमा Consortium संग गरेको संझौता अत्यन्तै पारदर्शी रुपमा भएको, १० वटा आपूर्तिकर्ता कम्पनीले भाग लिएको बोलपत्रहरुबाट सवभन्दा कम मूल्य कबोल गर्ने सवभन्दा राम्रो र नयाँ विमान प्रस्ताव गर्ने कम्पनीबाट २ वटा वाइडबडी खरिदबाट आफूले कुनै फाइदा नलिएको र खरिद प्रकृयामा संलग्न कुनै पनि पदाधिकारीले फाइदा नलिएको, खरिद प्रकृयामा कुनै धाँधली वा लोभलालच वा दवावको कुनै गुन्जायस नभएको, निगमले पाएको विमानको मूल्य Reasonable मात्र होइन सायद यो भन्दा कम मूल्यमा विश्वमा यहि मोडलको विमान कसैले किनेको उदाहरण दिन कठिन हुने अवस्था रहेको हुँदा भ्रष्टाचार भएको भन्न नमिल्ने आफ्नो राय रहेको, सम्पूर्ण खरिद प्रकृया ऐन कानुन विनियम अनुसार नै भएको र कुनैपनि प्रकारको भ्रष्टाचार नभएको आयोजनाको रुपमा लिनुपर्ने भएकोले कुनै कारबाही हुनु नपर्ने भन्ने समेत व्यहोराको बयान ।



नयाँ