पत्रकारको लागि विशेष प्याकेज घोषणा गर्न महासंघ उपत्यका समितिको माग
प्रकाशित २०७६ चैत २४ सोमबार
566
Shares
काठमाडौं। नेपाल पत्रकार महासंघ उपत्यका समितिले लकडाउनको अवस्थामा संकट एवम् जोखिमपूर्ण स्थितिमा क्रियाशील सञ्चारकर्मी र सञ्चारमाध्यमको लागि विशेष प्याकेजको माग गरेको छ।
समितिले विद्युत, टेलिफोन, इन्टरनेटसहितका सञ्चार सामग्रीमा छुट र अनुदानको व्यवस्था, लकडाउन अवधिमा प्रकाशन आवद्ध पत्रकारले नै सञ्चालन गरेका स्वरोजगारमुखी पत्रपत्रिकाको हकमा लोककल्याणकारी विज्ञापन भुक्तानीको माग गरेको छ।
समितिले पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, निःशुल्क उपचार र जोखिम मोलेर कार्यक्षेत्रमा खटिने श्रमजीवि पत्रकारका लागि स्वास्थ्य सुरक्षासम्बन्धी सामग्री सहित तत्काल राहत प्याकेज घोषणा गर्न माग गरेको हो।
समितिका महासचिव श्रीजन झाले विज्ञप्ती निकाली प्रदेश समितिआवद्ध एवम् सम्पूर्ण सञ्चारकर्मी साथीहरुलाई आफू सुरक्षित रही कोरोनाको संक्रमण नियन्त्रणमा सघाउ पुर्याउने गरी सचेतनामूलक सामग्री प्रवाह गर्ने आफ्नो दायित्वपूरा गर्न आग्रह गरेका छन्।