arrow

हङकङबाट सिटी एक्सप्रेसको बिप्रेषण सेवा सुरु,  पहिलो हप्ता निशुल्क रकम पठाउन सकिने

logo
प्रकाशित २०७७ जेठ १२ सोमबार
kme-city-express.gif

काठमाडौं। हङकङको ख्यातिप्राप्त केएमई रेमिटान्स लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु गर्ने सहमतिसँगै सोमबारबाट करोबार शुरु भएको छ ।

हङकङमा रहेका नेपालीहरुले केएमई रेमिटान्सको सेवा प्रयोग गरि सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन्। 

नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ७ हजार ५ सय भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने, नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ। 

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र केएमई रेमिटान्स लिमिटेडको तर्फबाट निर्देशक कबिता गुरुङ्गले हस्ताक्षर गरेका छन् । 

सोमबार एक औपचारिक समारोहका बिच हङकङबाट नेपाल पठाउने पहिलो बिप्रेषण कारोबार शुरु भयो। नेपालको लागि हङकङका महाबाणिज्य दूत कमल प्रसाद भट्टराईले उदघाटन गरी रेमिटान्स कारोबार सुरु भएको हो । साथै नेपालमा बिप्रेषण पठाउँदा १ हप्ताको लागि निशुल्क पठाउने ब्यबस्था गरिएको छ र यो ब्यबस्था ३१ मे २०२० सम्म लागु हुनेछ ।

सिटी  एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्षदेखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७ हजार ५०० भन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ